Comments Add Comment

सुजाता कोइरालाको नाम सुनसरी ५ बाट सिफारिस

१८ भदौ, सुनसरी । नेपाली काँग्रेस सुनसरीले आगामी संविधानसभा निर्वाचनका लागि सुनसरीको ६ वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवार छान्न प्रत्येक बुथ इकाईबाट सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाको नाम सुनसरी-५ बाट सिफारिस भएको छ ।

नेपाली काँग्रेस सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं.१ मा चन्द्रप्रसाद श्रेष्ठ, मीना सुब्बा, भीष्म काफ्ले, विनोद राई, मिन विश्वकर्मा, हरिनाथ बास्तोला र मदन ढकालको नाम प्रस्ताव भएर आएको छ । निर्वाचन क्षेत्र नं.२ मा बद्री चौधरी, हेमकर्ण पौडेल, राजीव ढुङ्गाना, विजय कटुवाल, दिलकुमारी राई र शिव फागुको नाम प्रस्ताव गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ कुमार थापा, हाजी अब्दुल मिया र गोमा पराजुली (अन्सारी) तथा समानुपातिकतर्फ पार्टी सभापति राजीव कोइराला, हरि सापकोटा, गोपाल राजभण्डारी, अगमलाल चौधरी, सत्यनारायण गच्छदार, रामसेवक यादवको नाम प्रस्ताव भएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी निर्वाचन क्षेत्र नं.४ मा पार्टी सभापति राजीव कोइराला, सीताराम मेहता, केदार भण्डारी, रामप्रसाद मेहता, रामबहादुर बस्नेत, मोहन मेहता र ज्योति सुब्बाको नाम अगाडि आएको छ भने निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, ताहिर अन्सारी, एैयुव अन्सारी, नइम मन्सुरी, रानी खातुन र गफार अन्सारीको नाम उम्मेदवारको पङ्क्तिमा छ । निर्वाचन क्षेत्र नं.६ मा रामबहादुर बस्नेत, बाबुराम विष्ट, रतनकुमार राई र सानुमैया राउतको नाम निर्वाचनका लागि सिफारिस भएका छन् ।

गत संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं.१ मा उमा बास्तोला, क्षेत्र नं.२ मा अमरबहादुर गौली, क्षेत्र नं.३ बाट अगमलाल चौधरी, क्षेत्र नं.४ बाट सीताराम मेहता, क्षेत्र नं. ५ बाट नेपाली काँगे्रसकी नेत्री कोइराला र क्षेत्र नं.६ बाट रामबहादुर बस्नेतले प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवार हुनुभएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार झिनो मतान्तरमा पराजित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment