
२८ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेसले ह्विप लगाएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् ।
आज संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ ।
आजको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै ह्विप जारी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4