Comments Add Comment

इजिप्टमा अल-जजिरासहित चार टीभी बन्द गर्न आदेश

१८ भदौ, काइरो । इजिप्टको काइरोस्थित एक अदालतले मङ्गलबार अल-जजिरा इजिप्ट तथा इस्लामिस्ट मुस्लिम ब्रदरहुडको अहरार २५ नामक टेलिभिजनका साथै चार टेलिभिजनलाई बन्द गर्न आदेश दिएको छ ।

यसरी बन्द हुने अन्य टेलिभिजन च्यानल अल-यार्मुक तथा अल-कद्ससँग नजिकमा रहेको अदालतले दिएको आदेशमा उल्लेख गरिएको छ । इस्लामी प्रसारक अल-हफेजलाई क्रिस्चियन समुदायविरुद्ध घृणा फैलाएको र राष्ट्रिय एकतालाई कमजोर पारेको आरोपमा बन्द गर्न एक दिन आगाडि आदेश दिइएको थियो ।

सेनाले पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई जुलाई ३ मा अपदस्थ गरेपछि बन्द भएका अन्य इस्लामी नेटवर्कमा अहरार २५ पनि परेको छ । इजिप्टका अधिकारीहरूले दोहामा केन्द्रीय कार्यालय रहेको अल-जजिरा मुबासेर मिस्रका लागि काम गर्ने दुइ विदेशी पत्रकारहरूलाई दुई दिन अगाडि फिर्ता पठाएपछि मङगलबार यस च्यानललाई बन्द गर्न आदेश दिइएको छ ।

इजिप्टका अधिकारीहरूले अल-जजिरा मुबासेर मिस्रले पूर्व राष्ट्रपति मोर्सीलाई अपदस्थ गरिएका विषयमा समाचार दिँदा एकपक्षीय समाचार दिएको आरोप लगाएका छन् । यस अघि यस च्यानलले सुरक्षा सेनाले काइरोस्थित आफ्नो कार्यालयमा छापा मारी उपकरणहरू जफत गरेको आरोप लगाएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment