Comments Add Comment

विश्व कुङफु च्याम्पियनसिप खेल्ने ६ खेलाडी छानिए

 २२ भदौ, काठमाडौं । अजरवैजनको बाकुमा हुने पाँचौं विश्व कुङफु च्याम्पियनसिपका लागि ६ खेलाडी शनिबार छनोट भएका छन् ।विश्व च्याम्पियनसिप असोज ३१ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको छनोट प्रतिस्पर्धामा सहभागी १३ खेलाडीबाट ६ खेलाडीको अन्तिम छनोट गरिएको नेपाल कुङफु संघका अध्यक्ष सुनील शाक्यले जनाएका छन् ।

छनोट हुनेमा ताइचीमा जीवन प्रजापति, थाउलुमा राजकुमार तामाङ, सान्डाको ७० केजीमा सुकमान लामा, सान्डाको ५५ केजीमा वैकुण्ठ राई, लाइट सान्डाको ६० केजीमा किरण थापा तथालाइट सान्डाको ५५ केजीमा दावा लामा छन् । प्रशिक्षकमा सुनील शाक्य र अफिसियलमा राजेश तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment