एकराज गौतम
न्युयोर्क । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज अमेरिकाको लंग आइल्याण्डमा पनि मनाइएको छ । तीजको अवसरमा शुक्रबार लंग आइल्याण्ड नेपाली समाज न्युयोर्कले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज बेदिक हेरिटेज, श्री हनुमान मन्दिर, हेम स्टेड न्यु योर्कमा सम्पन्न गरेको हो ।
लंग आइल्याण्डबासी नेपाली महिलाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा समाजका सदस्य हरुको सहयोगमा जिबन बमले बनाएको दर एक आपसमा सुभ कामना आदानप्रदान गर्दै खाने कार्यक्रम भएको थियो। रातो सारी हरियो चुरामा सजिएका महिलाहरुले तीजका गीतमा नाच्दा नेपाली गाउ घरको सम्झना दिलाएको थियो।
प्रतिक्रिया 4