Comments Add Comment

बिक्रम पाण्डेद्वारा नेपाल पूर्वाधार विकास कम्पनीबाट राजीनामा

२४ भदौ, काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको सञ्चालकबाट बिक्रम पाण्डेले राजीनामा गर्नु भएको छ । अध्यक्ष कुशकुमार जोशीले आर्थिक पारदर्शिता कायम नगरी सरसामन खरिद गरेको भन्दै उहाँले राजीनामा गर्नु भएको हो ।

bikram_pandey

काठमाण्डौं-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने उदेश्यले उक्त कम्पनी स्थापना भएको हो । कम्पनीले सडक निर्माणको लागि सरकारबाट अनुमति पाएको छ । अहिले कम्पनीका अध्यक्ष लगानी जुटाउन विभिन्न देशमा रहेका गैर आवासीय नेपालीसँग भेटघाट गरिरहनु भएको छ ।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुहुन्छ । ‘अध्यक्षको गतिविधि हेर्दा मैले सुरुङ मार्ग बन्ला जस्तो देखिनँ’, पाण्डेले भन्नुभयो, ‘त्यसैले मैले बेलैमा राजनीमा गरेको हुँ ।’ अध्यक्ष जोशीले संकलित स्रोत, कर्मचारी नियुक्ति, अनुदान र खुला प्रतिस्र्धा नगरी ८ करोड ५० लाखको परामर्श सेवा सम्झौता गरेको सम्बन्धी सूचना पारदर्शी नबनाएको भन्दै उहाँले राजीनामा गर्नु भएको हो ।

पब्लिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीले अहिलेसम्म वित्तीय विवरणहरु सार्वजनिक गरेको छैन । कम्पनीले असोज ७ गते साधारणसभा बोलाएको छ ।

बढीमा एक व्यक्तिको १० लाख रुपैयाँ सेयर लगानी रहन सक्ने यस कम्पनीमा कालिका कन्स्ट्रक्सनको पनि त्यत्ति नै लगानी रहेको जनाइएको छ । ५८ किमीको सुरुङ मार्ग सम्पन्न गर्न ३५ अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ ।

उक्त कम्पनीलाई सरकारले विवादका बीच सडक निर्माणको अनुमति दिएको थियो । कम्पनीको वित्तीय, प्राविधिक र व्यावस्थापकीय क्षमता पर्याप्त नभएको तथा नियामक निकाय पनि नभएको हुनाले यथाअवस्थामा अनुमति दिन नहुने तर्क सरकारी अधिकारीहरुले नै गरेका थिए ।

कम्पनीले २ लाख व्यक्तिबाट पुँजी उठाएर आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ । लगानीकर्ताले लगानीको सुरक्षाको लागि हेर्ने पहिलो शर्त दरिलो नियामक हो । तर, यस कम्पनीको कार्यको लागि नियमन गर्ने निकाय प्रष्ट छैन । जुन क्षेत्रमा सरकारको सूक्ष्म सुपरीवेक्षण र नीतिगत स्थिरता हुन्छ, त्यस क्षेत्रमा लगानीकर्ताले विश्वास गर्दछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment