Comments Add Comment

कतारमा ५१ औँ इन्जिनियर्स दिवस मनाइयो

रवि रोषी

दोहा । नेपाल इन्जिनियर्स एसोसिएसन दोहा कतारले ५१ औँ इन्जिनियर्स डे मनाएको छ । इन्जिनियर अर्जुन प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कतारमा कार्यरत इन्जिनियरहरुको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सन्दर्भमा अध्यक्ष इन्जिनियर अर्जुनप्रसाद भट्टराईले कतारमा संस्था स्थापना गर्नको लागि अग्रणी भूमिका खेल्ने इन्जिनियर नारायण चौधरीको योगदानलाई स्मरण गर्नुभएको थियो । कतारमा कार्यरत सम्पुर्ण नेपाली समपेसाकर्मी इन्जिनियरहरुलाई एउटै छातामा आवद्ध भई संगठित गराउने इन्जिनियर चौधरीको मधुमेह तथा प्यारालाईसिसले नेपालमा नै देहवसान हुन पुगेकोमा उहाँको स्मृतिमा मौनधारण कार्यक्रमको साथै आश्रति परिवारजन प्रति सहानुभूति प्रकट पनि गरिएको थियो । 1

त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथी सह प्राध्यापक देवी भक्त ढकालले सिर्जनशील शिक्षा प्राप्त गरेर पनि देशको लागि अपरिहार्य बौद्धिक शक्ति यसरी बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिती पुस फ्याक्टर र पुल फ्याक्टरको प्रभाव भनी बताउनुभयो । यसरी विदेशिने बौद्धिक हैसियतका पेसाकर्मीहरु २ थरि रहेको बताउनुभयो । त्यस्तै गरी इन्जिनियर रवि कान्त लालले इन्जिनियर भनेको देशको मेरुदण्ड भएको कुरामा कुनै दुइमत नरहेको बताउँदै स्थापनाकालमा २,४ जनाबाट सुरु भएको यस अभियानले अहिले संगठनको क्रममा बृहद रुप लिन सक्नु खुशीको कुरा रहेको बताउँदै हाल सम्मको कतारको आँकडामा करीब ३०० कार्यरत इन्जिनियरहरु सबैलाई यस संस्थामा आवद्ध हुन र जसलाई यो बारेमा जानकारी छैन, उहाँहरुलाई पनि संस्थाको उद्येश्यको बारेमा जानकारी बाँड्न उपस्थितलाई आग्रह गर्नुभयो ।2

 उक्त कार्यक्रममा सेफ्टी अवरनेसका अध्यक्ष इन्जिनियर राधाकृष्ण देवले इन्जिनियरहरुको काम जोखिमपुर्ण काम गर्ने मजदुरहरु संग प्रत्यक्ष सरोकार रहने भएको हुँदा कामको सिलसिलामा हुने गरेका असावधानीका कारणले हुने दुर्घटना रोक्नको लागि कुनै पनि प्रशिक्षण दिने काम राज्य पक्षबाट नभएको र दुर्घटनामा परेकाहरुको राहतको लागि कुटनीतिक पक्षबाट कुनै पनि भूमिका ननिभाईनु हामी नेपालीहरुको लागि दुर्भाग्यपुर्ण रहेको बताउनुभयो । राज्यले रेमिटान्सको लालचको साथमा विदेश जाने कामदारहरुको जीवन रक्षाको लागि पनि गम्भीर भएर सोच्नु पर्ने र त्यसलाई व्यवहारमा उतार्नलाई राज्यका कर्मचारीहरुले जिम्मेवारीको साथ अर्थपुर्ण भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य इन्जिनियर दिलिप कुमार चौधरीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन इन्जिनियर इन्द्रराज अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment