Comments Add Comment

नायिका रेखालाई गायिका बन्ने जोश चढ्दा (भिडियो)

नेपाली सिने क्षेत्रमा नायिका रेखा थापाको नाम सधै जसो नै चर्चामा आइरहन्छ । सेलिब्रेटिको रुपमा रेखालाई एउटा राम्रो न्यूज मेकरको रुपमा पनि हेरिन्छ । झन सिनेमा चल्ने समयमा त रेखा र न्यूज पर्याबाची जस्तै बन्ने गर्दछन् ।rekha-thapaउसो त रेखालाई बेला बेलामा नायिकाबाट गायिका बन्ने भूत पनि चढ्छ । हुनत रेखाले नृत्य निर्देशक शंकर वीसीसँग मिलेर गीत रेकडिङ पनि गरेकी छिन् । तर यो जोडीले गाएको गीतको अत्तोपत्तो बजारमा छैन ।

कहिलेकाँही रेखा स्टेजमा नाच्न भन्दा पनि गाउन लालयित भएको देखिन्छ । यसैले पनि आफ्नो गायकीबाट धेरै पटक रेखा आलोचित पनि भएकी छिन् । हालै मात्र एक कार्यक्रममा रेखाको यस्तै गायकी देखियो । शंकर वीसीसँग मिलेर रेखाले गीत गाउन थालेपछि हलमा विभिन्न खालका टिकाटिप्पणी सुनियो ।

न त रेखाको स्वर नै खुल्यो न त उनले राम्रोसँग शब्द नै संझिइन् । तर पनि रेखाले जसोतसो गीत पुरा गरिन् । गीत गाउनु अघि तयारीको आवश्यकता पर्छ भन्ने सायद नेपालकी चर्चित नायिकालाई थाहा थिएन होला । अर्कोतिर गीत गाउनु भनेको समाचारका लागि फन्डा मच्चाएजस्तो कहाँ हुन्छ र ? तर पनि गीत गाउने रेखाको प्रयासलाई भने तारिफ गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment