Comments Add Comment

‘स्टार’ बन्न कायमै छ सुमिनाको सेक्सी छवि (फोटो फिचरसहित)

उत्तेजक दृश्य दिएका सिनेमा नखेल्ने बताएपनि नायिका सुमिना घिमिरेलाई पर्दामा आफ्नो भूमिका परिवर्तन गर्न गाह्रो भइरहेको देखिन्छ । उसो त उनले ‘दुलही’मा निर्वाहा गरेको सोझी नायिकाको भूमिका ‘नाइन ओ क्लक’, ‘अपि्रल फूल’, ‘लभ फरेभर’ र ‘स्टार’ सम्म आइपुग्दा परिवर्तन भएको थियो ।

sumina-ghimire-hot-mainतर उनले चलचित्र ‘भिमदत्त’मा भने आफूलाई परिवर्तन गर्न खोजेको देखिन्छ । यसैबिच असोज २५ गतेबाट प्रदर्शनमा आउने भनि प्रचार गरिएको चलचित्र ‘स्टार’मा नायिका घिमिरेको उत्तेजक पोज देख्न सकिन्छ ।sumina-ghimire-hot

sumina-ghimire-hot-1महेन्द्र बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रले सिनेमाको स्टार बन्न एक युवतीले गर्ने संघर्षका कथालाई उठान गर्न खोजेको छ । संचारकर्मी लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुमिनाका अलवा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, रुपा खनाल, गणेश उप्रेती लगायतका कलाकारको अभिनय छ ।sumina-ghimire-hot-2

चलचित्र ‘स्टार’मा घिमिरेले आफ्नो सेक्सी नायिकाको छवि कायमै राखेको हालै मात्र गरिएको फोटोसुटका क्रममा खिचिएका तस्बिरले पनि स्पष्ट पार्दछ । अब हेर्न बाँकी यो छ कि सुमिनाको यो सेक्सी छविलाई दर्शकले मनपराउने हुन् या ‘नाइन ओ क्लक’, ‘अपि्रल फूल’, ‘लभ फरेभर’ जस्तै नाक खुम्च्याउने हुन् ?sumina-ghimire-hot-3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment