Comments Add Comment

वीपीका पिताका पालाको जुट मिलले बोरा बनाउन थाल्यो

२४ भदौ, बिराटनगर । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीति शुरु गरेको मुलुककै सबैभन्दा जेठो बिराट जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपाल सरकारले भारतीय कम्पनीलाई २५ वर्षका लागि लिजमा दिएपछि यो उद्योग पुनः सञ्चालनमा आएको हो ।

सरकारी स्वामित्वमा रहेको जुट मिल राजनीतिक हस्तक्षेप र मजदुर आन्दोलनका कारण धरासायी भएपछि चार वर्षअघि बन्द भएको थियो । सरकारले उद्योग सञ्चालन गर्न नसक्ने जनाउँदै उद्योगमा कार्यरत १ हजार ८ सय कर्मचारी एवं मजदुरलाई अवकाश दिएको थियो । सुनसरी मोरंग र झापामा हुने सनपाट खेतीलाई मध्यनजर गरेर खोलिएको यो उद्योगले बोरा, ओछ्याउने चट्टी लगायत जुटजन्य सामाग्रीहरु उत्पादन गर्छ ।jut-mill-1

सरकारले पुनः उद्योग सञ्चालनका लागि भारतीय कम्पनी विलसन इन्टरनेशनल प्रालिले टेन्डर पारेपछि जुट मिल पुनः सञ्चालनमा आएको हो । विलसनले वाषिर्क १ करोड ३५ लाख रुपैया सरकारलाई बुझाउने गरी २५ वर्ष सञ्चालनका लागि उद्योग लिजमा दिएको महाप्रवन्धक श्याम पौडेलले जानकारी दिनुभयो ।

लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि १० करोड भन्दा बढी मर्मतमा खर्च भएको विलसनले जनाएको छ । बिराटगनर २० स्थित रानीमा रहेको सो उद्योगले अहिले दैनिक १५ टन जुटजन्य सामाग्री उत्पादन गर्न थालेको छ । यसअघि उद्योगले दैनिक ३० मेटि्रक टन जुट न्य सामाग्री उतपादन गर्दै आएको थियो ।jut-mill-2

अग्रज उद्योगी रामलाल गोल्छा र वीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको पहलमा भारतको श्री इन्डष्ट्रिज प्रालिका राधाकृष्ण चिमोरियासमेतको संलग्नतामा सन १९३६ मा यो जुटमिल स्थापना भएको थियो । कांग्रेस नेता गिरजाप्रसाद कोइराला र कम्युनिष्ट नेता मनमोहन अधिकारीको मजदुर राजनीति शुरु गरेको उद्योगका रुपमा पनि यो जुट मिललाई हेर्ने गरिन्छ ।

 jut-mill-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment