+
+
Shares

डलरको मूल्य १०३ रुपैयाँमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १०:३५

२५ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य मंगलबार करिब डेढ रुपैयाँले घटेको छ । बैंकहरुले डलरको बिक्री मूल्य १०३ रुपैयाँको हाराहारी तय गरेका छन् । हिजो १०४.५० पैसाभन्दा महँगोमा बैंकहरुले डलर बेचेका थिए ।

Doller-Photo

१०९ रुपैयाँ नाघेको डलरको मूल्य भारतको केन्द्रीय बैंक आरबिआईको नेतृत्व रघुराम राजनले सम्हालेपछि घट्न थालेको हो । राजनको व्यक्तिगत क्षमताको आधारमा उनले भारतीय अर्थतन्त्रको गिर्दो अवस्थालाई रोकेर सकारात्मक दिशामा अघि बढाउछन् भन्ने धेरैको विश्वास छ ।

आज नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको बिक्री मूल्य १०३.०५ र खरिद मूल्य १०१.९४ रुपैयाँ तय गरेको छ । नबिल बैंकले बिक्री मूल्य १०३.१० रुपैयाँ र खरिद मूल्य १०१.९९ रुपैयाँ तोकेको छ ।

भारतमा आज विहान अमेरिकी डलरको मूल्य ६४.३५ भारु अर्थात १०२.९६ अर्थात कायम भएको छ । गत शुक्रबार ६५.२५ भारु रहेकोमा ९० पैसे अर्थात १४४ पैसाले भारु अधिमूल्यन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?