२५ भदौ, काठमाडौं । नेपालका लागि नवनियुक्त राजदुत रन्जित रेले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको आर्थिक-व्यवसायीक सम्बन्ध थप मजबुत बनाउने आश्वासन दिनुभएको छ । मंगलबार अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरि उहाँले सो आश्वासन दिनुभएको हो ।
भेटवार्तामा राजदुत रेले नेपालमा जलविद्युत उत्पादन, ट्रान्समिसन लाइन बिस्तार तथा उत्पादित विद्युत खरिदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले बजेटमा प्राथिमकता पाएका उर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा नेपालले भारत सरकारसँगको सहकार्यमा उल्लेख्य सफलता हासिल गर्न सक्ने बताउनुभयो । सोही अवसरमा उहाँले भारत सरकारले विगतका चुनावमा जस्तै यसपटकको चुनावमा पनि सहयोज गर्ने आश्वासन दिनुभएको छ । नेपालमा रहेको उर्जाको प्रचुर सम्भावनालाई जतिसक्दो चाँडा उपयोग गर्न समेमा दुबै देशको आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुर्याउने उहाँले बताउनुभयो ।
मन्त्री कोइरालाले नेपालको आर्थिक विकासमा भारतको महत्वपूर्ण सहयोग रहेको बताउँदै थप सहयोगका लागि राजदुत रेलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा क्रस कन्ट्री ट्रान्समिसन लाइनको निर्माण सम्पन्न भएपनि निर्वाध रुपमा दुई देशबीच विजुली आदान-प्रदान गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया 4