Comments Add Comment

एनएनएन युकेमा कँडेल पक्षधरको अधिवेशन सेप्टेम्बर १५मा

लण्डन । बिबादपछि दुई खेमामा बाँडिएको गैरआवासीय नेपाली संघ बेलायतमा अन्ततः दुईवटा समानान्तर अधिवेशन हुने भएका छन् ।वर्तमान उपाध्यक्ष महेन्द्र कँडेलले नेतृत्व गरेको पक्षले आगामी सेप्टेम्बर १५ तारिखमा प्लमस्टेडमा पाँचौ साधारणसभा गर्ने तयारी गरेको छ भने अर्को पक्षले पनि समानान्तर अधिवेशनको तयारी गरिरहेको छ ।एनआरएनए युकेका उपाध्यक्ष एवं पांचौं अधिबेशन तयारी समितिका अध्यक्ष्ँ महेन्द्र कंडेलको अध्यक्षतामा गत साता बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको सो पक्षले पठाएको बिज्ञप्तिमा उल्लेख छ ।

तदर्थ समितिका सचिव राजकुमार त्रिपाठीका अनुसार साधारणसभामा भएको छलफलका क्रममा उठेका अवधारणाहरुलाई समेटेर एक प्रतिवेदन पेश गरिनेछ ।बैठकमा नागरिक समाजका संयोजक डा. चन्द्र लक्सम्बाले एनआरएन युके एकभएर अघि बढ्नुपर्ने कुरामा जोड दिंदै बर्तमान एनआरएन युकेले संस्थाको आर्थिक कोष अपारदर्शी बनाएको र त्यसमा आर्थिक अनियमितता भएकोले त्यसको पर्दाफास गरिने बताए । साथै एनआरएनएलाई समावेशी ढंगले अघि बढाउने र कोपरेटिभ लगानी गर्ने बातावरणतर्फ आगामी पन्ध्र सेप्टेम्बरको साधारणसभाले नीति पारत गरी अघि बढ्नुपर्ने बताए ।त्यसैगरी निर्वाचन समितिका संयोजक डा. पुरुषोत्तम पौडेलले अहिलेसम्म एनआरएन युकेमा भएका वार्ताहरुका विषयमा बैठकमा बृस्तित रुपमा जानकारी गराउंदै अझैपनि वार्ताको ढोका खुल्ला रहेको जानकारी दिए । उनले एनआरएनएलाई पारदर्शी र अनुशासित संगठनका रुपमा अगाढि बढाउने कुरामा जोड दिए ।

एनआरएन युकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्य आङ कल्जङ्ग लामाले आफुहरुले एनआरएनएमा पहिलेदेखि उठाउंदै आएको समावेशी र छाता संगठनको अवधारणलाई विगतको कार्यसमितिले अल्पमतमा पारी उक्त अवधारणलाई सदैव निषेदको रबैया अपनाएको तितो अनुभव स्मरण गर्दै महेन्द्र कंडेलको अध्यक्ष्ँतामा गठन हुने एनआरएन काउन्सील अवधारणामा जान लागेकोमा आफुलाई खुशी लागेको बताए । उनले काउन्सील अवधारणका केहि उदाहरण प्र्रश्तुत गर्दै आगामी अधिबेशनमा यो पारीत गरी अघि बढ्न शुभकामना व्यक्त गरे ।

उपस्थित सहभागिहरुबाट उठेका काउन्सील अवधारणा सम्बन्धि जिज्ञासाको जवाफ दिंदै एनआरएन युके विधान समितिका संयोजक चण्डिका राईले आगामी सेप्टेम्बर १५ को अधिबेशनमा विधान प्रश्तुत गरीने र साधारणसभाले पारीत गरेपछि तिन महिना भित्र काउन्सीलको गठन गरीने जानकारी दिए । अधिबक्ता समेत रहेका उनले कानुनी जटिलता फुकाउने र छ महिनाभित्र विशेष सधारणसभा बोलाई एनआरएनए युके काउन्सील अवधारण अन्र्तगत अघि बढ्ने प्रष्ट्याए ।बैठकमा जनजाती महासंघका महासचिव एवं संघिय समाजवादी पार्टीका नरेश काङवाङ राईले नेपालमा उच्चस्तरीय संयन्त्रका अध्यक्ष शुशील कोइराला र संघिय पार्टीका अध्यक्ष अशोक राईबीच विदेशमा रहेका नेपालीहरुले पनि मतदान दिन पाउने अधिकार सम्बन्धि बुँदामा हस्ताक्षर गरेकोमा एनआरएनए युकेका तर्फबाट धन्यवाद दिनुपर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रश्तावलाई उपस्थित सम्पुर्णले खुशी व्यक्त गर्दै धन्यवाद प्रस्ताव साधारणसभामा प्रश्तुत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा कोडाक युकेका अध्यक्ष एवं एनआरएनए युके सदस्यका उम्मेदवार विष्णु वाग्ले, राम अधिकारी, भोला खनाल, शंकर दाहाल र ठाकुर शर्माले एनआरएनको सदस्य शुल्क घटाई जनस्तरसम्म पहुंच पुग्ने बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा निर्वाचन समितिका तर्फबाट संयोजक डा. पौडेल, सदस्य सचिव पुर्ण लक्सम र प्रवक्ता विपिन निरौलाले अहिलेसम्म समितिले उम्मेदवार मनोनयन लगायतका निर्वाचन प्रकृयाका बारेका जानकारी दिएका थिए ।बैठकमा एनआरएन युकेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सूर्य नेम्वाङ, उपाध्यक्ष पदका उम्मेदवार हिराधन राई, यति नेपाली एशोसियसनका अध्यक्ष उमेश मोक्तान, महासचिव शशीधर नेपाल, तमुसमाज युकेका पुर्व अध्यक्ष चित्र बहादुर गुरुङ, एनपीसीसी युकेका पुर्व अध्यक्ष विनोद मोक्तान, साउथइष्ट क्षेत्रीय अध्यक्ष भोजप्रसाद गुरुङ, साउथ वेष्टका गंगा राना, कुश बस्नेत, शिव भण्डारी, एनआरएनए युकेका आइसीसी सदस्यका उम्मेदवार कैलास नेपाल, कार्यकारी सदस्य पदका उम्मेदवार हरी गुरुङ, मिन कुमार रानाभाट लगायतले आ आफ्ना धारणा राखेका थिए ।

बैठकको समापन गर्दै अध्यक्ष कंडेलले उपस्थित संघसंस्थाका प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिंदै एनआरएनए युके आगामी दिनमा विगतको जस्तो व्यापारी र धनी बर्गहरुको क्लवको रुपमा नगई सबैको साझा र काउन्सील अवधारणा अन्र्तगत अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । उनले सेप्टेम्बर १५ गते प्लमस्टेडमा हुने साधारणसभामा उपस्थित हुन सम्पुर्ण बेलायतवासी नेपालीहरुलाई आव्हान समेत गरेका छन । एनआरएनएको साधारणसभा पूर्व घोषित तालिकाअनुसार सेप्टेम्बर १५ मा एकै ठाउंमा गर्नुपर्ने जनमानसको चाहनालाई कदर गर्दै बेलायतबाट अहिलेसम्म भएका वार्ता सफल नभएतापनि आगामी दिनमा केन्द्रसंग सिधै वार्ता गरी समस्या समाधान तर्फ केन्दि्रत हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment