Comments Add Comment

स्पेनका दर्शकले पनि हेरे नेपालको राजनीतिक अवस्था (भिडियो)

केही दिन अघि मात्र चलचित्र ‘राजनीति’को पि्रमियरका लागि भन्दै स्पेन पुगेका निर्माता तथा कलाकार दिपक सुवेदी अहिले दंग छन् । स्पेनको बार्सिलोनामा गरिएको पि्रमियरमा सहभागी नेपालीहरुले चलचित्रलाई खुबै मन पराएपछि उनलाई राम्रै सिनेमा बनाएछु कि जस्तो लागेको छ ।rajesh-hamal-and-pabitra-aaबसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र भदौ २८ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश वुढाथोकीको मुख्य भूमिका छ ।

चलचित्रले नेपालको राजनीतिक अवस्थालाई सुक्ष्म रुपमा चित्रण गर्न खोजेको छ । चलचित्रमा नायक राजेश हमाल र कोमल वली श्रीमान श्रीमतीको रुपमा देखिएका छन् । दिपक सुवेदी र हरि पन्तको निर्माणमा तयार भएको यो चलचित्रलाई नेपालका दर्शकले पनि मनपराउने विश्वास गरिएको छ ।

दर्शकहरुले ‘राजनीति’ चलचित्र सान्र्दभिक रहेको बताउदै जनतामा एउटा सूचना प्रवाहा गरेको बताएका छन् । राजनीति हेरेर स्पेनमा रहेका नेपालीले दिएको प्रतिक्रिया यसप्रकार छ ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment