Comments Add Comment

अर्थमन्त्री र फिनल्याण्ड राजदूतबीच भेटवार्ता

२६ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले शिक्षा, वन, मानव अधिकार र ग्रामिण क्षेत्रको सरसफाइमा पुर्‍याएको सहयोगका लागि फिनल्याण्ड सरकारलाई धन्यवाद दिनुभएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत आस्को लुक्काइनेनलाई उहाँले धन्यवाद दिनुभएको हो । अर्थमन्त्री र राजदुतबीच बुधबार अर्थमन्त्रालयमा भेटवार्ता भएको थियो ।

सोही अवसरमा अर्थमन्त्री कोइरालाले नेपालको वर्तमान राजनैतिक अवस्था तथा आसन्न संविधानसभा निर्वाचनको सुनिश्चिता सम्बन्धमा राजदूतसमक्ष प्रकाश पार्नुभएको थियो ।

Artha-Mantry-and-Finland-Am

राजदूत आस्कोले नेपाली जनताको सशक्तीकरणका लागि स्थानीय निकायको समेत निर्वाचन हुन जरुरी रहेको बताउनुभयो । साथै, वैदेशिक लगानी भित्राउन नेपाल सरकार मातहातका निकायहरुले समयमै उचित निर्णय गर्न अपरिहार्य भएको उहाँको भनाई थियो । भेटघाट कार्यक्रममा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीे समेत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment