+
+
Shares

एनआरएन जापानको कार्यसमितिमा ६ सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते २२:०१

२६ भदौ,  टोक्यो । गैरआवासीय नेपाली संघ जापानको नयाँ कार्यसमितिको पहिलो वैठकले बिधान बमोजिम ६ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । मंगलबार साँझमात्र सपथ लिएको नयाँ कार्यसमितिको बुधबार टोक्योमा बसेको पहिलो वैठकले कार्यसमितिमा ६ सदस्य मनोनयन गर्नुका साथै प्रवक्ता र आईसीसीका लागि युवा र महिला प्रतिनिधि चयन गरेको छ ।

अध्यक्ष पारसमणि पोखरेलेको सभापतित्वमा बसेको वैठकले प्रवक्तामा सन्देश पोखरेललाई नियुक्त गरेको छ । टोक्यो नेपाल डटकमका सम्पादक पोखरेल यसअघि एनआरएन तोकाई होकुरिकु उपसंयोजकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरि सदस्यमा बाबुराम भण्डारी, प्रकाश पौडेल माइला, श्रवण सत्याल, सन्तोष पौडेल (फुकुओका), सौगात गुरुङ र लिल गुरुङलाई नियुक्त गरेको महासचिव मुक्तिराम खनालले जानकारी दिनुभयो । सदस्यमा मनोनित प्रकाश पौडेल टोक्यो नेपाल डटकममा निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ भने अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष पनि हुनुहुन्छ ।

यसैगरी आईसीसी युवा प्रतिनिधिमा टासी लामा र महिला प्रतिनिधिमा अनिता गुरुङ-लामा) चयन हुनुभएको छ ।

बैठकले केही हप्ताअघि टोक्यो सिन्जुकुमा अज्ञात समूहको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका सुधिर थापाको सहयोगका लागि कार्यसमितिले तत्कालै रकम संकलन अभियान थाल्ने र नेपाल फेष्टिवलका बेलामा सहयोग रकम पिडीतलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । अर्को बैठकबाट कार्यसमितिका सल्लाहकारको चयन गर्नुका साथै बिभिन्न बिभाग पनि गठन गर्ने बताइएको छ ।

बैठकले एनअर एन जापानको इतिहासमा अत्यन्त नयाँ प्रयोगको रुपमा पोस्टल भोटिंग प्रणालीलाइ सफलताका साथ् सम्पन्न गरेकोमा निर्वाचन कमिटिप्रति धन्यबाद प्रस्ताब पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?