Comments Add Comment

गर्भावस्थासँग जोडिएका केही रोचक धारणा

गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो । गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ । साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् ।

preg

बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका समेत हुने गर्छन् र त्यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा असर समेत पूराउन सक्छ । जे होस् महिलाले गर्भावस्थाको दौरान धेरै कुरा सुन्नु र भोग्नु पर्छ । गर्भावस्ता सँग केही सत्य तथा केही असत्य तर रोचक धारणाहरु रहेका छन् । जस्तै :

समाजमा धारणा के छ भने गर्भावस्थाको अवस्थामा पेट ठूलो भयो भने ती महिलाले छोरी पाउँछिन् र पेट ठीक्कको भयो भने छोरा । तर विज्ञहरु भने पेटको बच्चाको लिंगको पहिचान लागि पेटको आकारका आधारमा गर्न नसकिने बताउँछन् । पेटको आकार महिला आफ्नै सरीरको आकारका साथै पेटको बच्चाको आकार लगायतका कुरामा निर्भर गर्छ ।

अर्को धारणा के पनि छ भने यदि पेटमा बच्चा भएको बेला महिलाले नूनिलो नमकिन खाने इच्छा गरिन् भनेे बुझ्नुपर्छ की उनको पेटमा छोरा छ । यदि पेटमा छोरी भएमा महिलाले गुलियो कुरा खाने इच्छा गर्छिन् । तर यसको पनि कुनै वैज्ञानिक आधार छैन ।

अर्को रोचक जनविश्वास के छ भने जुन गर्भवती महिलाले गर्भावस्थामा छातिमा जलनको महसुस गर्छिन् उनको पेटमा रहेको बच्चाको टाउकोमा निकै राम्रो कपाल पलाउँछ । तर विज्ञहरुले भने गर्भवती महिलामा छातिको जलनको समस्या सामान्य रहेको र यसको सम्बन्ध बच्चाको कपालसँग नरहेको बताउँछन् ।

कतिपयले गर्भवती महिला उत्तानो परेर सुत्दा गर्भको बच्चालाई असर पुग्छ भन्ने धारणा राख्छन् । तर विज्ञहरुका अनुसार उत्तानो परेर सुत्दा बच्चालाई कुनै असर पुग्दैन । बरु पेट थिचिने गरी घोप्टो परेर चाहीँ सुत्नु हुँदैन ।

धेरै मानिसमा के अन्धविश्वास पनि छ भने गर्भावस्थाको बेला सम्भोग गर्दा गर्भको बच्चालाई असर पुग्छ । तर विज्ञहरुले भने गर्भावस्थामा सेक्स गर्दा गर्भको बच्चालाई असर गर्ने नभै झन रोगबाट बचाउने बताउँछन् ।

गर्भवती महिलाले बढि तातो पानीले नुहाउन हुँदैन भन्ने धारणा छ । यसमा केही सत्यता पनि छ । विज्ञहरुका अनुसार गर्भावस्थामा बढि तातो मात्र नभएर बढि चिसो पानीले पनि नुहाउनु हानिकारक हुन्छ । गर्भावस्थामा महिलाले आफ्नो सरीरको तापक्रम १०२ डिग्री भन्दा तलै राख्नुपर्छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment