Comments Add Comment

सिभिल बैंकले भारतबाट रेमिट्यान्स भित्राउने

२६ भदौ, काठमाडौं । सिभिल बैंक लिमिटेडले भारतमा रहेका नेपालीहरुले आर्जन गरेको रेमिट्यान्स नेपाल भित्राउने भएको छ । भारतबाट रेमिट्यान्स भित्राउन सिभिल बैंकले भारतीय एक्सिस बैंकसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख सञ्चालन अधिकृत सर्वेन्द्र मिश्र र एक्सिस बैंकको रिटेल सर्भिसेजका सिनियर भाइस प्रेसिडेन्ट राज के. प्रसादले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै रकम आदानप्रदान गर्न नेपालीहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । पछिल्लो समय भारतमा स्थायी बसोबास गर्ने, मजदुरी, उच्च शिक्षा, भ्रमण गर्न जाने नेपालीहरुको संख्या हृवात्तै बढेको छ । सम्झौता अनुसार रकम आदानप्रदान गर्दा भारत र नेपालको केन्दि्रय बैंकको नियमानुसार सेवा प्रदान गरिने छ । भारतबाट नेपालमा सिभिल बैंकको खातामा वा अन्य कुनै पनि वित्तीय संस्थामा रहेको खातामा रकम पठाउन सकिने व्यवस्था गरेको सिभिल बैंकले जनाएको छ । एक्सिस बैंकले भारत विभिन्न ठाउँमा दुई हजार शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment