Comments Add Comment

भारतीय विदेश सचिव सुजाता काठमाडौं आउँदै

२८ भदौ, काठमाडौं । भारतीय विदेश सचिव सुजाता सिंह नेपालको दुईदिने सद्भावना भ्रमणका लागि शनिबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार सचिव सिंहले राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र गृह एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग पनि भेट्ने कार्यक्रम छ ।

article-2300698-18FB0959000005DC-538_224x423नेपालका पूर्व प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई भेट्न पाउनुभएको थिएन । तर, भारतीय पराष्ट्र मन्त्रालयकी सचिव सिंहले नेपालका परराष्ट्रमन्त्रीका अतिरिक्त मन्त्री परिषद अध्यक्ष र राष्ट्रपतिलाईसमेत भेटेर दुइपक्षीय हितका विषयमा निर्वाध छलफल गर्नुहुनेछ । उहाँले आइतबार दिल्ली र्फकनु अघि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने स्रोतले बतायो ।

भारतीय विदेश सचिव सिंह त्यस्तो बेलामा नेताल आउँदै हुनुहुन्छ, जतिखेर यहाँ नेपाल भारतवीच जलस्रोत र डुवान समस्याबारे सहसचिवस्तरीय प्राविधिक समितिको बैठक आयोजना गरिएको छ । विहीबारदेखि राजधानीमा शुरु दुई देशीय बैठकमा नेपालका १३ र भारतका १२ सरकारी अधिकारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment