Comments Add Comment

अन्जनाको ‘मिठास’ कस्तो होला ?

गायिका अन्जना गुरुङले ‘मिठास’ नामक एल्बम बजारमा ल्याएकी छिन् । उनको यो एल्बमको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा गीतकार कालिप्रसाद रिजालले बिमोचन गरेका छन् ।midash-bimochanयो एल्बममा ६ वटा गीत समावेश गरिएको छ । जसमा कालिप्रसाद रिजाल, राजकुमार बगर, लोकराज अधिकारी, शंकर अधिकारी ‘घायल’, अन्जना गुरुङको शब्द समावेश छ । एल्बममा आशिष अबिरल, राजकुमार बगर, बीबी अनुरागी, विकास चौधरी, अन्जना गुरुङले संगीत भरेका छन् ।

कार्यक्रममा एल्बमसँग आबद्ध संगीत तथा गीतकारहरुको उपस्थिती थियो । एल्बममा फोटो लग्यौ चिठ्ठी लग्यौ, तिम्लाई भुल्न मैले पनि, बैमानिलाई खोजीरैछु, एउट बम फोडेर गयौ, खुट्टैमा पायल छ, आँखैमा राख्छु मेरो देश लगायतका गीतहरु समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment