Comments Add Comment

चार खेलाडीको प्रारम्भिक छनोट

२८ भदौ, काठमाडौं । बंगलादेशको ढाकामा हुने तेश्रो दक्षिण एसियाली फुलकन्ट्याक्ट कराते प्रतियोगिताका लागि ४ पुरुष खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । डिसेम्बर ३ तारिखमा हुने प्रतियोगिताका लागि वीरमान लामा, भूपेश शाक्य, कान्छालाल वाइबा र सञ्जय राई छनोट भएको नेपाल क्योकुसिन कराते डो संघले शुक्रबार जनाएको छ ।

उक्त प्रतियोगितामा दुई खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष सिहान जगतप्रसाद गौचनले जानकारी गराए । दुई खेलाडीको अन्तिम छनोट नोभेम्बरमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment