Comments Add Comment

फुलहृयाममाथि चेल्सीको जित

Photo Credit : प्रिमियर लिग

२० फागुन, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे । यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए ।

तीनै गोल पहिलो हाफमा भएको थियो । हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले गोल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । ३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २-१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो ।

जितपछि २८ खेल खेलेको चेल्सीको ५६ अंक भएको छ । पराजित फुलहृयामको भने समान खेलबाट १७ अंक मात्रै छ ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्ट सिटी वाटफोर्डसँग २-१ गोलअन्तरले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment