Comments Add Comment

छोरीका लागि जिउँदै मरिन् आमा

आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रोे पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् ।

motherसमाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् ।

सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् । आफ्नी आमा नभएको भन्ने थाहा पाएपछि अवश्य पनि छोरीले राम्रोसँग पढ्नेछ, आफुलाई जिम्मेवार तथा आत्मनिर्भर बनाउनेछ भन्ने आशाले उनले यस्तो गम्भीर झुट आत्मसात गरेकी हुन् ।

छोरी चार कक्षामा गएपछि उनले आफु खास आमा नभएको र आमाको मृत्यु भैसकेको कुरा छोरीलाई सुनाएकी थिइन् । सुरुमा चेंगले नपत्याएपछि अन्त्यमा दुख मान्दै आफ्नी खास आमा मरेको कुरामा विश्वास गरिन् । त्यसपछि उनको शैक्षिक अवस्था निकै सुध्रियो, उनले राम्रोसँग पढ्न थालिन् । उनले राम्रो अंक ल्याएर विश्वविद्यालयबाट स्नातक उत्तर्ीण्ा गरिन् । यति बेलासम्म उनलाई आफ्नी आमाले ढाँटेको कुरा थाहा थिएन । तर जब उनले सांघाइमा एक सफ्टवेयर कम्पनीमा जागिर पाइन् तबमात्र उनलाई उनकी आमाले सत्य कुरा बताइन् । १३ वर्षम्म टुहुरो बनेर बसेकी उनले बल्ल आफ्नी आमा उनै रहेको कुरा पत्तो पाइन् ।

छोरीलाई राम्रो मान्छे बनाउन आफैलाई जिउँदै मार्ने र गम्भीर झुट बोल्ने शेन छोरीको प्रगतिका कारण आफुलाई कुनै पछुतो नरहेको बताउँछिन् । आफ्नो भविष्यका लागि आमाले झुट बोलेको हुनाले चेंग चेंगलाई पनि कुनै गुनासो छैन । तर मनोविज्ञहरु भने बच्चाबच्चीको भविष्य बनाउने निहुँमा यस्ता गम्भीर कुरा ढाँटन्े र खेलाँची गर्न नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment