Comments Add Comment

रोनाल्डो २०१८ सम्म रियल मड्रिडमै रहने

३० भदौ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो सन् २०१८ सम्म स्पेनिस जाइन्ट रियल मड्रिडमा रहने भएका छन् । उनले नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको यसअघिको सम्झौता २०१५ सम्म थियो ।

Cristiano-Ronaldo

सम्झौतापछि पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो सर्वाधिक तलव लिने फुटबलर बनेका छ्न । ९० मिलियन युरोको नयाँ सम्झौतापछि रोनाल्डोले एक वर्षमा ट्याक्स कटाएर १५ मिलियन पाउण्ड पाउनेछन् । जसमा क्लबले दिने बोनस जोडिएको छैन । यस्तै ८५.३ मिलियन पाउण्डमा रियल आएका ग्यारेथ बेलको कमाई ८.३ मिलियन पाउन्ड छ ।

सम्झौतापछि रोनाल्डोले आफू खुसी रहेको भन्दै रियल मड्रिड अफ्नो घर भएको बताए । उनले भनेका छन्-‘म यहाँ निकै खुसी छु र अझै पाँच वर्ष रहने छु । म क्लबका लागि उपाधि जित्न चाहन्छु ।’ आफू म्यानचेष्टर युनाइटेडमा ६ वर्ष रहेको तर, अब त्यो वितिसकेको भन्दै उनले भने-‘अहिले मेरो क्लब रियल मड्रिड हो । यो मेरो घर हो । मेरो परिवार यहाँ छ र यहाँ म खुसी छु ।’

रियल मडि्रडले रोनाल्डोलाई सन् २००९ मा ८० मिलियन पाउन्डमा म्यानचेष्टर युनाइटेडबाट लगेको थियो । रियल मडि्रडका लागि २ सय ३ खेल खेलेका उनले २ सय ३ नै गोल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment