Comments Add Comment

नासाले भन्यो : मंगल ग्रहमा जिवन छैन

मंगल ग्रहमा जिवको अस्तित्व रहन सक्ने यसअघिका विभिन्न खाले अनुमान तथा दाबीलाई असत्य सावित गर्दै अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहमा कुनै पनि जिवित वस्तु नरहेको घोषणा गरेको छ ।

एक वर्षभन्दा बढि समयसम्म नासाको यान क्युरोसिटी रोबरले मंगल ग्रहमा गरेका विभिन्न खाले खोज तथा अवलोकन र त्यसबाट प्राप्त प्रमाणका आधारमा नासाले यस्तो निष्कर्ष निकालेको हो ।

curo

क्युरोसिटीले मंगल ग्रहमा जिवनको अस्तित्व रहने कुनैपनि वायुमण्डलीय वातावरण फेला नपारेको नासाको भनाइ छ । जिवित वस्तुबाट निस्कने मिथेन ग्यास मंगल ग्रहमा फेला नपरेको नासाले जनाएको छ ।

एक वर्षअघि मंगल ग्रहमा अवतरण गरेसँगै क्युरोसिटीले हरेक दिन बिहान र बेलुकी मंगल ग्रहको हावाको परीक्षण गर्ने गरेको छ । कतै त्यहाँ जिवको अस्तित्व रहेको प्रमाण दिने खालको वायुको प्रकार छ की ? भन्ने कुराको खोज गर्न क्युरोसिटीले गर्ने त्यस्तो परीक्षणबाट कुनैपनि सकारात्मक नतिजा पनि निस्कन सकेको छैन ।

नासाको वैज्ञानिकहरुका अनुसार मंगल ग्रहको वायुमा मिथेन ग्यास नपाइनुले त्यहाँ कुनैपनि जिव अस्तित्व नरहेको निष्कर्ष निकाल्न सकिने बताए । पृथ्वी तथा अन्तरीक्षबाट यसअघि लिइएका विभिन्न खाले तस्वीरहरुमा मंगल ग्रहमा जिवको अस्तित्व रहेको हुनसक्ने विभिन्न खाले लक्षण देखिने गरेकोमा मंगल ग्रहमै पुगेको क्युरोसिटीले त्यस्तो प्रमाण फेला पार्ने विश्वास गरिएको थियो । तर क्युरोसिटीबाट प्राप्त नतिजा यो दिशामा निरासाजनक रहेको नासाका वैज्ञानिकहरु बताउँछन् । उनीहरुका अनुसार मंगल ग्रहमा जिवको अस्तित्व तथा सम्भावना रहेको भन्नका लागि अब कुनै आधार बाँकी रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment