Comments Add Comment

राप्रपा नेपालद्वारा १९६ उमेद्वारको नाम घोषणा

११ असोज, काठमाडौं । प्रमुख दलहरुलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उमेद्वारको नाम सार्वजनिक गरेको छ । बाँकी नाम शनिबार सार्वजनिक गरिने राप्रपा नेपालले जनाएको छ ।
Kamal-Thapaकाठमाडौंको रोयल सिंघी होटलमा शुक्रवार पत्रकार सम्मेलन गरी राप्रपा नेपालले चुनावी घोषणापत्रको हाइलाइट र प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय ९६ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
अध्यक्ष कमल थापा र केही शीर्षनेताहरुको नाम घोषणा गरिएको छैन । राप्रपा नेपालले प्रत्यक्षतर्फका २ सय ४० वटै चुनाव क्षेत्रका लागि उमेद्वारको नामावलीलाई अन्तिम रुप दिने बताइए पनि शुक्रबार प्रत्यक्षतर्फका १ सय ९६ जनाको मात्रै नाम घोषणा गरेको हो । बाँकी नाम शनिबारसम्म तय गरिने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
के छ चुनावी घोषणा पत्रमा ?
राप्रपा नेपालले राष्ट्र प्रमुखको रुपमा संवैधानिक राजसंस्था  र कार्यकारी प्रमुखका रुपमा जनतावाट प्रत्यक्ष बालिग मताधिकारको आधारमा निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपको घोषणापत्र लिएर चुनावमा जाने भएको छ । उसले सर्वधर्म समभाव एवम् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, राष्ट्रिय अखण्डता एवम् उदार आर्थिक नीतिको धरातलमा समृद्ध नेपालको निर्माणलाई आफ्नो चुनावी घोषणा पत्रमा मूख्य एजेन्डा बनाएको छ । यस्तै उसले ‘सकारात्मक परिवर्तन’लाई आफ्नो मूख्य नारा बनाएको छ ।
त्यसैगरी २ सय ७ सदस्यीय जनप्रतिनिधि सभा र ६० सदस्यीय राष्ट्रिय सभा हुने दुई सदनात्मक व्यवस्थापिका संसद राख्ने राप्रपा नेपालको प्रस्ताव छ । जातीयताका आधारमा नभई स्थानियस्वायत्त शासनको नयाँ मोडल अनुसार राज्यको पुर्नसंरचना गरिनुपर्ने चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ । राप्रपा नेपालले नेपाल बन्द नगर्ने प्रतिवद्धता समेत चुनावी घोषणा पत्रमा राखेको छ ।
‘राप्रपा नेपालले नेपाल वन्द जस्ता कार्य कदापी गर्ने छैन’, राप्रपा नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रको हाइलटमा उल्लेख छ । राप्रपाले पाँच वर्षभित्रमा लोडसेडिङ सदाका लागि अन्त्य गर्ने कार्ययोजना अगाडि सारेको छ भने उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन तथा अबैध सम्पत्ति जफत गर्ने प्रावधान चुनावी घोषणा पत्रमा उल्ले गरेको छ ।
को कहाँबाट लड्दैछन् चुनाव ?
राप्रपा नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उम्मेदवारको सूची सर्वाजनिक गर्‍यो । तर, अध्यक्ष कमल थापा लगायतका केही बरिष्ठ नेताहरुको नाम भने सार्वजनिक गरेन । महामन्त्री चन्द्रवहादुर गुरुङका अनुसार केही बरिष्ठ नेताहरुको नाम भोलिसम्ममा सार्वजनिक गरिने छ । सार्वजनिक गरिएको नामावली अनुसार पार्टीका महामन्त्री चन्द्रवहादुर गुरुङ स्याङ्जा-१ बाट उम्मेदवार बन्नुभएको छ । यस्तै उपाध्यक्ष राजीव पराजसली पर्सा २, सहअध्यक्ष पदमसुन्दर लावती पाँचथर २, सहायक महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, गायिका मिरा राणा काठमाण्डौ ३, संगीतकार तथा गायक सञ्जय श्रेष्ठ काठमाण्डौ ६, चलचित्रकर्मी उद्धव पौडेल काठमाण्डौ ४ र अधिवक्ता भरत जंगम काठमाण्डौ १ वाट चुनाव लड्ने छन् ।
अधिवक्ता जंगम राप्रपा नेपालमा
यसैवीच लामो समय काँग्रेसमा सक्रिय रहेका बरिष्ठ अधिवक्ता तथा लेखक भरत जंगम काँग्रेस त्यागेर राप्रपा नेपालमा प्रवेश गर्नु भएको छ । उहाँलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।पार्टी प्रवेशपछि जंगमले आफूले नेपाली कांग्रेस छाडेर राप्रपा नेपालमा प्रवेश गरेको जंगमले काँग्रेस भ्रष्टचारी, जाली फटाहा र भुस्याहाको जालो भएकाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सक्रिय हुन राप्रपा नेपालमा प्रवेश गरेको बताउनुभयो ।
जंगमले आफू अब राप्रपा नेपालमा रहेर भ्रष्टाचारविरुद्धको आन्दोलन र हिन्दु भएको पक्षमा आवाज उठाउने बताउनुभयो । उहाँले भन्नुभयो,’राप्रपा नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । संघीयताले देश टुक्राउँछ । एकात्मक संघीय राज्य हुनुपर्छ भन्ने वकालत गर्दै आएको छ । उसको सिद्धान्तसंग मेरो मन मिलेको छ । अब यसमै रहेर काम गर्छु ।’जंगमले आफू  काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको हातवाट सदस्यता लिने एक्लो व्यक्ति भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’काँग्रेस छोडिहाल्न पीडा थियो । तर गणेशमान, कृष्णप्रसाद भट्टराईहरुले त अन्त्यमा पार्टी छा्ड्नु पर्‍यो र निष्कृय हुनु पर्‍यो । म किन बसिराख्ने भनेर राप्रपा नेपालमा आएको हुँ ।’
जंगमलाई राप्रपा नेपालले काठमाडौं क्षेत्र नं १ को उमेद्वार बनाएको छ । जंगमले आफूलाई कांग्रेस नेता गणेशमान सिंहले कांग्रेसको सदस्यता दिएकाले आफू पनि गणेशमानको छोरो जस्तै भएको भन्दै काठमाडौं १ मा गणेशमानकै खास छोरा प्रकाशमान सिंहसँग चुनाव लडाउने पार्टीको निर्णयको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,’गणेशमानवाट सदस्य लिएर म पहिले काँग्रेस भएको थिएँ । सायद उनकै श्रीमती र प्रकाशमानले नै गणेशमानको हातबाट सदस्यता लिएका होइनन् होला । त्यसैले गणेशमानको नाम बेचेर चुनावमा प्रकाशमानसँग भिड्छु ।’
यो पनि पढ्नुस्

मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment