Comments Add Comment

बैद्य माओवादी पनि विदेशीबाट सञ्चालित : चित्रबहादुर केसी

११ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा-माओवादी पनि विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाउनु भधएको छ ।

शुक्रबार राजधानीमा भएको दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा केसीले भन्नुभयो-‘नेकपा-माओवादीले चार दलले विदेशी प्रभावमा मुलुकलाई सिक्किमीकरण गर्ने योजनामा मंसिर ४ को निर्वाचन गर्न लागेकोले त्यसलाई बहिस्कार गर्नु पर्‍यो भन्छ । उसैको कार्यक्रममा अर्को विदेशी आएर चुनाव बहिस्कार गर्छ । यो भन्दा ठूलो विदेशी प्रभावमा रहेको प्रमाण के हुन्छ ?’ नेपालका अधिकांश राजनेता विदेशी शक्तिले चलाएको दावी गर्दै केसीले अब निर्दलीय सरकार र सक्रमण अन्त्य गरेर मुलुकलाई अघि बढाउन निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चुनाव हुन नदिने भन्दै आन्दोलनको घोषणा भइरहेको अवस्थामा चुनाव गराउने सरकारका अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानु गैरजिम्मेवार र औचित्यहिन भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment