Comments Add Comment

‘भ्रष्टाचारी’ खड्कालाई एक क्वीन्टलको मालाले स्वागत (फोटो फिचर)

२३ असोज, काठमाण्डौ । विदेशमा भए भ्रष्टाचारको अभियोगमा जेल परेका व्यक्तिलाई परिवारका सदस्यबाहेक अन्यले शायदै स्वागत गर्ने थिए, पार्टीले पनि त्यस्तो व्यक्तिलाई कारवाही गर्ने थियो । तर, नेपाली कांग्रेसले भने भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केलगत्तै कांग्रेस नेता खुमबहादुर खड्कालाई चारतारे झण्डासहित स्वागत गरेर नयाँ परम्पराको थालनी गरेको छ ।

khum-bahadur-khadka1

बुधबार खड्का डिल्लीबजार जेलबाट निस्कँदा हजारौं कार्यकर्ताले बुधबार १ सय ११ किलोग्रामको माला लगाइदिए, पञ्जेवाजा बजाएर स्वागत गरे, त्यही बाजाको तालमा कम्मर मर्काएर नाँचे । राज्यको कानून मानेर जेल बसेको बताउने खड्काले सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा भाषण ठोके ।

बाक्लो रुपमा उपस्थित भएका काँग्रेसका कार्यकर्ताले खड्काको भव्य स्वागत गरे । सदरखोरकै प्रहरीले समेत जेलको छतवाट खड्काको सुखद विदाइका लागि हात हल्लाइ रहेका थिए भने केही प्रहरी क्यामरामा भिडियो तथा फोटो खिच्नमा व्यस्त देखिन्थ्ये । सदरखोर डिल्लीबजार बाहिर हजारौँ कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको थियो खड्कालाई स्वागत गर्न । कार्यकर्ताले ‘संविधानले के भन्छ खुमबहादुरलाई ले भन्छ, खुमबहादुर खड्का जिन्दावाद’ भन्दै चर्को स्वरमा नारा लगाए । खुमबहादुरलाई जेलमुक्त गराउँदा कारागार परिसरमा पञ्चेवाजासहितका उनका समर्थकले स्वागत गरेका थिए ।

khum-bahadur-khadka5

उनलाई एक सय २१ किलोग्राम तौलको माला लगाएर जेल बाहिरको दुनियामा स्वागत गरिएको थियो । खुमबहादुरको स्वागतमा कांग्रेस कार्यकर्ताहरु चारतारे झण्डा अंकित टोपी र टि-शर्ट लगाएर उपस्थित भएका थिए ।

खुमबहादुर खड्का आस्थाका आधारमा नभएर आर्थिक अनियमितता र भ्रष्टाचारका आधारमा जेल परेका हुन् । तर, देशको सर्वाेच्च अदालतले नै भ्रष्टाचारी घोषणा गरेका खड्काले आफूले भ्रष्टाचार गरेको प्रमाण पुर्‍याउनेसमेत आग्रह गरे ।

भ्रष्टाचारको अभियोगमा डेढ वर्ष जेल पर्दा पनि कांग्रेसले खड्कालाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको थिए । बुधबार खड्काको रिहाइमा कांग्रेसको झण्डा अंकित टोपी र वीपी कोइरालाको तस्वीर अंकित टि-शर्टमा खड्कालाई स्वागत गरेर नेपाली कांग्रेसले जग हँसाएको छ । अदालतले भ्रष्टाचारी सावित गरेको व्यक्तिलाई अवीरजात्रा गराएका कारण कांग्रेसको भोट घट्न सक्ने केही कांग्रेसकै नेताको विश्लेषण छ ।

khum-bahadur-khadka7

khum-bahadur-khadka8

khum-bahadur-khadka3

khum-bahadur-khadka4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment