Comments Add Comment

एमाओवादी नेतामाथि बैद्यको आक्रमण

२५ असोज, म्याग्दी । बिममा निर्वाचन प्रचारप्रसारका लागि पुगेका एकीकृत नेकपा माओवादीका नेता र कार्यकर्तामाथि नेकपा-माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

चुनावी प्रचार अभियानका क्रममा मराङमा आमसभा सकेर बिम-४ मा पुगेका एमाओवादीका पुष्कर विकको टोलीमाथि आक्रमण भएको हो । माओवादी कार्यकर्ताले बाटामा हिँड्दै गरेको अवस्थामा आक्रमण गर्दा नेता विक र घतान- ९ का कार्यकर्ता ईश्वर सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुवैलाई टाउको, आँखा र अनुहारमा चोट लागेको छ ।

घाइतेलाई नै स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि बिहीबार राति नै बेनीस्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीनायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइसकिएको छ । घाइते विक एमाओवादीका समानुपातिकतर्फका प्रस्तावित उम्मेदवार भएको बताइएको छ ।

एमाओवादीका उम्मेदवार लोकेन्द्र विष्ट मगरले चुनाव प्रचारप्रसारका क्रममा बिम पुगेका आˆना कार्यकर्तालाई माओवादीका जिल्ला सेक्रेटरी रेशम जुक्जालीको नेतृत्वमा आक्रमण गरी कुटपिट भएको आरोप लगाउनुभयो । नेकपा-माओवादी म्याग्दीका इन्चार्ज गमबहादुर श्रीशले घटनालाई ‘जनताको प्रतिरोधको संज्ञा’ दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment