+
+
Shares

बन्यो पुरुषले लगाउने ब्रा

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २७ गते १२:३६

ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको छ । बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको छ ।

पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन् ।

 

man bra

यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।

एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।

यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?