Comments Add Comment

आलम हत्याको योजनाकार पूर्व सभासद प्यासी

१० कात्तिक, वीरगञ्ज । नेकपा एमालेका बारा ४ का उम्मेदवार मोहम्मद आलमको हत्याको योजनाकार एमाले पूर्व सभासद रामचन्द्र प्यासी कुसवाह भएको प्रहरी अनुसन्धानले खुलेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलगन कुसवाहसहितका ३ जना सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत घर भई वीरगञ्जमा व्यापार गर्ने अतिक खान र रक्सौलका राजु श्रीवास्तव वर्मा रहेका छन् । राजु श्रीवास्तव पत्रकार समेत भएको बताइएको छ । कुसवाह अघिल्लो संविधानसभामा समानुपातिक सभासद थिए ।

Alam-attackप्रहरीका अनुसार आलमको हत्याको योजना ६ महिनाअघि नै बनेको थियो भने तीन पटकको प्रयासमा वीरगञ्जमा हत्या गरेका थिएए । असोज १८ गते अघि वीरगञ्ज र काठमाडौंमा आलमको हत्या प्रयास गरेका थिए ।

रामचन्द्र प्यासी कुसवाहले ६ महिनाअघि हत्या योजनाबारे राजु श्रीवास्तवसँग छलफल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको मूख्य योजनाकार दुबईमा बसी आवश्यक समन्वय गरेको र निर्देशन दिएको प्रहरीले बताएको छ ।

भदौं १४ गते भारतबाट ३ जना वीरगञ्ज आएको तर, आलम काठमाडौं लागेपछि पहिलो पटककेा प्रयास असफल भएको प्रहरीको दावी छ । आलमसहित अर्का एकको हत्या गर्ने योजनाका साथ ४ जना सुटर काठमाडौं आएका थिए । काठमाडौंमा पनि आलमको हत्या गर्न नसकेपछि उनीहरुले जोरपाटीमा मोहमद सकसुल हकमाथि गोली हानेका थिए । उनी घाइते भएका छन् ।

जोरपार्टी घटनापछि भागेर भारत पुगेका उनीहरु आलम बारा आएको जानकारी पाएपछि अतिकसँग सम्पर्क गरी असोज १६ गते पुनः वीरगञ्ज आएका थिए । १७ गते संविधानसभा निर्वाचनको उम्मेदवारी दर्ताका दिन आलम चढेको बा ५ च ३३२९ नम्बरको गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहले सुटरहरुलाई गराएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । १८ गते विहानैदेखि २ जनाले मोटरसाइकलमा आलमको पिछा गरेको र विहान साढे ११ बजे आलममाथि गोली हानी रक्सौलतर्फ गएको बताइएको छ ।

टाउकोमा गोली लागी गम्भीर घाइते भएका एमाले केन्द्रीय सदस्य समेत रहेका आलमको शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा असोज २४ गते निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment