Comments Add Comment

अष्ट्रेलियन सहयोगका आयोजनामा ६० हजारलाई रोजगारी

११ कात्तिक, काठमाडौं । अष्ट्रेलियन सहायता प्राप्त आयोजनाहरुबाट नेपालमा ६० हजार भन्दा बढीले रोजगारी प्राप्त गरेको राजदूत ग्लेन व्हाईटले बताउनुभएको छ । सोमबातर अर्थमन्त्री शंकर प्रसाद कोइरालासँगको भेटमा उहाँले सो जानकारी दिँदै नेपालमा रोजगारी सृजना गर्ने परियोजनाहरुमा लगानी बढाउँदै जाने बताउनुभयो ।

राजदूत व्हाईटका अनुसार लघु उद्यम विकास कार्यक्रम (मेडेप) जस्ता परियोजनबाट प्रत्यक्ष अप्रत्यक्ष ६० हजार भन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । ‘अष्ट्रेलियन सरकारले गरेको सहयोगबाट सञ्चालित सफल आयोजनाहरुको राजदूतको रुपमा अनुगमन गर्ने अवसर प्राप्त गरेको छु’ राजदूत व्हाईटले भन्नुभयो ‘यसबाट म निकै प्रभावित भएको छु ।’ अष्ट्रेलियामा नयाँ सरकार आएको र त्यसले पनि नेपाललाई दिँदै आएको सहयोग जारी राख्ने उहाँले जानकारी गराउनुभयो ।

Austrailiyan-Ambesder

अष्ट्रेलिया सरकारले लघू उद्यम विकास कार्यक्रम, निर्वाचन प्रणाली सुदृढीकरण, सार्वजनिक वित्त व्यवस्थापन, शैक्षिक छात्रवृत्ति क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ । त्यस्तै, नेपाल-अष्ट्रेलिया कार्यक्रम रणनीति स्वीकृतिको चरणमा रहेको छ ।

भेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले केही समयमा वैदेशिक सहायता नीति आउन लागेको जानकारी दिँदै भन्नुभयो- ‘यसले नेपालमा वैदेशिक लगानी प्रोत्साहित गर्ने मात्र होइन, सहयोगको प्रभावकारी सदुपयोग हुनेछ ।’

मन्त्री कोइरालाले भन्नुभयो- ‘यस विषयमा सबै राजनीतिक दलहरुको सहमति रहेको हुँदा यसको कार्यान्वयनमा कुनै द्विविधा छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment