Comments Add Comment

काँग्रेसको जनलहर देखेर विपक्षी तर्सिए : पौडेल

Ramchandra Paudel१७ कात्तिक, दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंसिर ४ का लागि तय भएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आइतवार विहान दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तनहुँ क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पौडेलले चुनाव नसर्ने भएकाले ढुक्क भएर चुनावी तयारीमा लागि रहन आग्रह गर्नु भयो ।

उहाँले चुनाव सार्ने विषय काँग्रेसलाई स्वीकार्य नुहने स्पष्ट पार्नु भयो । पौडेलले अब कसैको स्वार्थका लागि यो वा त्यो बहानामा निर्वाचन सर्न नसक्ने दावी समेत गर्नु भयो । पौडेलले काँग्रेसप्रतिको जनलहर देखेर विपक्षीहरु तर्सिएको समेत वताउनुभयो । उहाँले भन्नुभयो,’काँग्रेसप्रति जनताको लहर छ । त्यही लहर देखेर विपक्षीहरु तर्सिएर निर्वाचन सर्ने नचाहिँदो हल्ला फैलाएका हुन् । चुनाव कुनै हालतमा सर्दैन । ‘

उहाँले निर्वाचन नजिकिँदै गर्दा काँग्रेसतर्फ जनताको जनलहर बढ्दै गएकाले अबको निर्वाचनमा काँगे्रसले बहुमत ल्याउने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment