Comments Add Comment

देशभर ३ सय २३ अस्थायी मतदान केन्द्र

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले देशभर ३ सय २३ स्थानमा अस्थायी मतदान केन्द्र राख्ने भएको छ । सेना, प्रहरी, कैदी लगायतलाई मतदान गर्न आयोगले अस्थायी मतदान केन्द्र तोकेको हो ।

अस्थायी मतदान केन्द्रमा सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सैनिक वा प्रहरी व्यारेकमा रहेका व्यक्ति, कारागारमा रहेका कैदी र थुनुवा, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन वा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने छन् ।

यसैबीच झण्डै ६ हजार पर्यवेक्षक खटेका छन् । ३० वटा राष्ट्रिय पर्यवेक्षक संस्थाहरुले पाँच हजार ५८७ जना पर्यवेक्षकहरु परिचालन गरेका छन् भने अन्तर्राष्ट्रिय संस्थातर्फ २ सय २५ जना पर्यवेक्षणका लागि खटिएका छन् । आयोगले राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका ३ गरी ५७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment