Comments Add Comment

अमेरिकामा पनि मनाइयो कुकुर तिहार

विजय थापा

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ । नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किनकी हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए । चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो परम दायित्व हो भन्दै परदेशिएका नेपालीहरुले घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरे ।a-1

 कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर रहेकोमा बिदेशमा त जनावरको हेरचाह मानिसको भन्दा ज्यादा हुने हुनाले झन् आफुलाई खुशी लागेको डिसी महानगर क्षेत्रका एक परिवारले बताए । नेपाली परिकारको जस्तो खाना जस्तै नभै अमेरिकन शैलीको भाई टिकामा दिदि बहिनिहरुले पुरियामा दिएको जस्तो दिइएको बताएका छन् ।a-2

 कुकुरलाई भैरवको बहान मानिन्छ । यसले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको रेखदेख गर्ने काम पनि राम्रो गर्ने हुनाले यसको सम्मान गर्नु र यसलाई पुज्नु हाम्रो सौभाग्य हो एक परिवारले भने । ​नेपालमा कुकरलाई हेर्ने दृष्टिकोण अलिक फरक तर बिदेशमा आकाश जमिनको फरक बताउँदै कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउदै बुद्धिमानी हुन्छ भनि अस्टिन र रजर नामका कुकुर धनिहरुले बताए ।

 सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment