+
+

मतदाता परिचय पत्र पनि चुनाव पछि !

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २६ गते ७:५१

२६ कात्तिक, काठमाण्डौं । आसन्न संविधानसभा निर्वाचनमा मतदाता परिचयपत्र सबै मतदाताले नपाउने निश्चित भएको छ । तोकिएको मापदण्डभन्दा निकै कमसल परिचयपत्र मतदाताको हातमा पुर्‍याउन लागेको निर्वाचन आयोगले अन्तिम समयमा सबै मतदातालाई परिचयपत्र उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ । 
यसअघि निर्वाचन आयोगले २ कात्तिकभित्रै सबै मतदाताका हातहातमा परिचयपत्र पुर्‍याइसक्ने दाबी गरेको थियो । तर, अहिले अस्थायी परिचयपत्र पनि तोकिएको समयमा सबैको हातमा पुर्‍याउन नसक्ने र बाँकी परिचय पत्र निर्वाचन पछि वितरण गरिने आयोगले जनाएको छ । निर्वाचनमा धाँधलीलाई कम गर्न भन्दै आयोगले हतारमा गुणस्तरहीन परिचयपत्र छापेको थियो ।
‘परिचयपत्र वितरण काम ०७० मंसिर २ गतेपछि आयोगबाट अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने र बाँकी परिचयपत्र मतदान सम्पन्न भइसकेपछि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट वितरण गर्ने गरी व्यवस्थापन गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?