Comments Add Comment

प्रत्यक्षमा ४५ वर्ष मुनिका सभासद् ४४ जना

१० मंसिर, काठमाडौं ।  संविधानसभामा प्रत्यक्ष सिटमा विजयी भएका २ सय ३९ जनामध्ये ४५ वर्षमुनिका युवाको संख्या ४४ जना पुगेको छ । चुनाव जित्नेमा सबभन्दा कान्छा सभासद एमालेका ताराकान्त चौधरी भएका छन् । २९ वर्षीय चौधरीले सप्तरी-४ मा कांग्रेसका दिनेशकुमार यादवलाई पराजित गरी सभासद भएका हुन् ।
सबभन्दा बढी उमेर पुगेका बृद्ध सभासदमा भने कांग्रेसका सभापति सुशील कोइराला, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे छन् । कोइराला ७४ र विजुक्छे ७३ बर्षका छन । युवा महिला दुइ जनामात्रै छन । अधिकांश ५० देखि ६० उमेरकाका प्रतिनिधित्व रहेको छ ।
४० वर्षमुनिका युवाको प्रतिनिधित्व कांग्रेसबाट ४ जना, एमालेबाट पाँच जना, एमाओवादीबाट चार जना छन । त्यस्तै मधेशवादी दलबाट तीन जना आएका छन । कांग्रेसका ३७ वर्षीय गगन थापा काठमाडौ-४ बाट विजयी भएका छन । उनले एमालेका  निर्मल कुईकेललाई पराजित गरी विजयी भएका हुन । त्यही क्षेत्रमा एमाओवादीका युवा नेता नन्दवहादुर पुन तेस्रो स्थानमा आएका थिए ।
त्यस्तै रौतहट-५ बाट ३३ वर्षीय सुनिल कुमार यादवले एमालेका वासुदेवप्रसाद रायलाई,  सिराह-६ बाट गणेशकुमार मण्डल (३५) ले एमाओवादीका अमरनाथ यादवलाई, काभ्रे-१ बाट  तिर्थवहादुर लामा (४०) ले माओवादीका सुर्यमान तामाङ दोङलाई पराजित गरी संविधानसभामा पुगेका हुन । एमालेबाट  धनबहादुर घले (३९) ले धादिङ-१ मा कांग्रेसका तिलकप्रसाद रुवालीलाई,  डोल्पा-१ बाट धनवहादुर बुढा (३९)ले एमाओवादीका सत्य पाहडिलाई, बैतडी-१ बाट  दामोदर भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरी आएका छन । एमालेबाट नै उदयपुर-२ बाट मंजुकुमारी चौधरी (३९)ले कांग्रेसका प्रमिला राईलाई जम्मा २३ मतको अन्तरमा पराजित गरी संविधानसभामा आएको कान्तिपुर दैनिकमा खबर छ ।
एमाओवादीबाट गणेशमान पुन (४०) ले रुकुम-१ मा कांग्रेसका कृष्णवहादुर रोकायलाई, ओनसरी घर्ती (३१) रोल्पा-१ मा एमालेका कुमार दशौदीलाई, गौरीशंकर चौधरी (३२) ले कैलाली-४ मा कांग्रेसका  खेमराज डगौरा थारुलाई, शिवकुमार मण्डल (३८) ले मोरङ-४ मा   कांग्रेसका गयानन्द मण्डल गनगाईलाई पराजित गरी संविधानसभाको बाटो तय गरेका हुन ।
मधेशवादी दलमा सदभावना पार्टीका संजयकुमार शाह (३७) ले धनुषा-४ बाट कांग्रेसका रामसरोज यादवलाई पराजित गरी संविधानसभामा आईपुगेका छन । मधेशी जनअधिकार फोरम नेपालका अभिशेष प्रताप शाह -३१) ले कपिलबस्तु-५ मा  तराई मधेश लोकतान्त्रिक पार्टीका मंगलप्रसाद गुप्तालाई हराएर आएका छन भने फोरम लोकतान्त्रिकका जनक चौधरी (३६) ले कैलाली-१ मा  कांग्रेसका रणवहादुर रावललाई पराजित गरी संविधानसभामा आएका छन ।
त्यस्तै ४५ देखि ४१ बर्ष उमेरका २८ जना निर्वाचित भएका छन । जस अनुसार कांग्रेसबाट दीपक खड्काले संखुवासभा-२, रामहरि खतिवडा ओखलढुंगा-२, रामचन्द्र यादव सिराह-४, अमरेशकुमार सिंह सर्लाही ६, बहादुरसिंह लामा नुवाकोट ३, इन्द्र बानिया मकवानपुर-१, शंकर भण्डारी तनहूँ-१, राजिवविक्रम शाही जाजरकोट-२ छन । एमालेबाट शेरधन राई भोजपुर-२, विशाल भट्टराई खोटाङ-२, यज्ञराज सुनुवार ओखलढुंगा-१, पार्वत गुरुङ दोलखा-१, गणेशकुमार पाहडी सिन्धुली-१, शत्रुधन महतो धनुषा-७, जनार्दन ढकाल रसुवा-१, रविन्द्र अधिकारी कास्की-३, नवराज शर्मा म्याग्दी, विकास लम्साल पवर्त-२, कर्णवहादुर थापा बाजुरा-१, प्रेमवहादुर आले डोटी-२, गणेशसिंह ठकुन्ना दार्चुला छन । एमाओवादीबाट एमाओवादीबाट उमेश कुमार यादव सप्तरी-३, श्यामकुमार श्रेष्ठ रामेछाप-२, प्रभु शाह रौतहट-३, सत्यनारायण भगत रौतहट-४, शक्ति बस्नेत जाजरकोट-१, सन्तकुमार थारु बर्दिया-४४, बमानवहादुर थापा बर्दिया-४ छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment