Comments Add Comment

भक्तपुरको सल्लाघारीमा यात्रुबाहक बस ठोकिए, २३ घाइते

१४ मंसिर, भक्तपुर । भक्तपुरको सल्लाघारीमा दुई यात्रुबाहक बस एक आपमसमा ठोकिँदा २३ जना घाईते भएका छन् । भक्तपुरको कमल विनाएकबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६९७ बस र बा २ ख ८३०३ नम्बरको बस ठक्करखादा २३ जना घाईते भएका हुन ।

विपरीत तिरबाट आउँदै गरेको बसले यूटन लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बा ३ ख ६९७ नम्बरको बसका चालकलाई बसले च्यापेको र १५ मिनेटपछि उद्दार गरिएको स्थानीयले बताएका छन् । घाइतेहरुको भक्तपुर अस्पताल र विएण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment