
बलिउड स्टार किड्समध्ये संभवत सबैभन्दा लाइमलाइटमा छिन्, जान्भी कपूर । आजको मितिसम्म उनले एउटै फिल्म खेलिन्, धडक । यही फिल्मले उनलाई लोभलाग्दो ख्याती दिलायो ।
दुःखको कुरा के भने, यही फिल्मबाट छोरीलाई बलिउडमा पाइला टेकाउने उनकी आमा श्रीदेवीले भने छोरीलाई सिल्भर स्त्रिmनमा हेर्न पाइनन् । यता फिल्म ‘धडक’को छायांकन हुँदै थियो, उता (दुबई)मा श्रीदेवी अप्रत्यासित मृत्युसँग जुध्दै थिइन् ।
एक विवाह भोजमा सरिक हुन गएकी श्रीदेवी सग्लो फर्किएनन् । उनी रहस्यमय ढंगले मृत्त अवस्थामा फेला परिन् । जबकी त्यसबेला उनीसँग आफ्ना दुई जवान छोरी थिएनन् ।
मातृ-वियोगबाट आफुलाई सम्हाल्दै जान्भीले फिल्म ‘धडक’ पुरा गरिन् । फिल्म चल्यो । यही फिल्मबाट जान्भीले खुब तारिफ बटुलिन । तर, छोरीको यो खुसी र सफलतामा रमाउने बेला श्रीदेवी थिइनन् । जबकी त्यसअघिसम्म श्रीदेवीले छोरीलाई आफुसँगै डोहोर्याएर हिँड्ने गर्थिन् । बलिउड इभेन्टदेखि कुनै भोज भत्तेरमा दुबै सँगै हुन्थे । बरु श्रीमान् बोनी कपूर हुँदैनथे । जान्भी र श्रीदेवी भने छुट्दैनथे ।
आमाको मृत्युपछि जान्भीले एक अन्र्तवार्तामा आमाको स्मरण गर्दै भनेकी थिइन्, ‘उहाँ भन्नुहुन्थ्यो, तिमीले फिल्ममा कस्तो भूमिका पाउँछौ, त्यो ठूलो कुरा होइन । महत्वपूर्ण कुरा त के भने त्यस भूमिकालाई तिमीले कसरी निर्वाह गर्छौ ।’
संभवत श्रीदेवीले जान्भीलाई बलिउडका लागि उचित मार्गदर्शन दिएकी थिइन् । आमाकै पदचाप पच्छ्याउँदै जान्भी अहिले बलिउडमा आफुलाई स्थापित गर्ने मेलोमेसो मिलाइरहेकी छिन् ।
जान्भीको सौन्दर्य
के अभिनयमा जान्भीले आफ्नो आमाको उचाई चुम्न सक्छन् ? त्यो भने भविष्यले देखाउँछ । यद्यपी जान्भी निकै मेहनती छिन् र अभिनयमा लगाव राख्छिन् । उनी आमा जस्तै परिपक्क पनि छिन् । सुन्दरताको त कुरै नगरौ ।
एक कार्यक्रममा उनले सुन्दरताको बारे सोधिएको प्रश्नमा यस्तो जवाफ दिएकी थिइन्, ‘आज हरेक महिलालाई आफ्नो सुन्दरतामाथि गर्व हुनुपर्छ । यसबाट उनीहरु लजाउनु वा ग्लानी महसुष गर्नुपर्दैन ।’
साथसाथै उनले के पनि भनेकी थिइन् भने सुन्दरताका लागि अरु कसैलाई पच्छ्याउनु वा फलो गर्नु आवश्यक छैन । हरेकसँग आफ्नै किसिमको प्राकृतिक सुन्दरता हुन्छ ।
जान्भी अक्सर आफ्नो सुन्दरताको लागि घरेलु विधी अपनाउने गरेकी छिन् ।
अब कुन फिल्म गर्नेछन् ?
जान्भी अब अब गुन्जन सक्सेनाको बायोपिकमा देखिनेछन् । गुन्जन सक्सेना भारती वायु सेनाकी पहिलो महिला हेलिकप्टर पाइलट हुन् । उनले सन् १९९९ मा कारगिल युद्धको बेला आफ्ना साथी श्रीविदया राजनसँग मिलेर घाइते सैनिकहरुको उपचार गरेकी थिइन् । यसमा मूख्य भूमिकाका लागि जान्भीले ७ केजी तौल बढाएकी छिन् ।
साथै करण जोहरको फिल्म ‘तख्त’मा पनि उनले अभिनय गर्नेछिन् । यसमा उनीसँगै करिना कपूर, आलिया भट्ट, रणवीर सिंह, अनिल कपूर, विक्की कौशल आदि देखिनेछन् । उनले यो फिल्मबारे कुरा गर्दै भनेकी छिन्, ‘म यो फिल्मलाई लिएर एकदम उत्साहित छु ।’ यो पिरियड ड्रामा सन् २०२० मा प्रदर्शन हुनेछ ।
नजिकबाट जान्भी
जान्भीको जन्म ६ मार्च १९९७ मा मुम्बईमा भएको हो । उनको पिता बोनी कपूर निर्देशक एवं निर्माता हुन् । बोनीले श्रीदेवीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका हुन् । बोनी र श्रीदेवीको कोखबाट जान्भीको जन्म भएको हो । जान्भीकी आमा श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार मानिन्छन् ।
जान्भीको एक बहिनी छिन्, खुसी । उनको सौतेनी दाजु हुन्, अर्जुन कपूर ।
जान्भीले धीरु भाई अम्बानी इन्टनेशनल स्कुलबाट विद्यालय तह पुरा गरेकी हुन् । त्यसपछि उनले अभिनय कोर्स गरेकी हुन्, क्यालिफोर्नियाबाट ।
प्रतिक्रिया 4