Comments Add Comment

‘लोफर’ हिरोइनले बोल्न नजानेपछि, ‘भान्टा’ बन्दै दयाहाङ

छविराज पोडक्शनमा बनेको चलचित्र ‘लोफर’ शुक्रबारबाट देशभरका १०० हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । यसैले पनि यतिबेला निर्माता छविराज ओझाको धड्कन बढिरहेको छ । चलचित्रको प्रमोशनका लागि कुनै पनि औपचारिक कार्यक्रम गर्न आवश्यक नठान्ने छवि यसपटक भने केही अतालिएका पक्कै छन् । यसैले उनले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।rajani-kcपत्रकार सम्मेलनमा चलचित्रको प्रोमो र गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा चलचित्रकी नव नायिका रजनी केसीको भनाइले भने खुबै चर्चा पाएको थियो । कार्यक्रममा बोल्दै नायिका केसीले आफू आर्यन सिग्देलको बच्चै देखिको फ्यान भनेपछि हलमा हाँसो छुटेको थियो । आर्यन सिग्देलले सिनेमा नगरीमा प्रवेश गरेको लामो समय भएको छैन । तर रजनीले आफूलाई आर्यनको बच्चैदेखिको फ्यान भनेर आफ्नो उमेर घटाउन खोजेको धेरैले तर्क गरे । यता नायका आर्यन सिग्देलले पनि रजनी बच्चै भएकाले निर्देशकले चलचित्रमा आफूसँग ननचाएको प्रतिक्रिया दिएका थिए ।

नब निर्देशक आदित्य विक्रम लम्सालले सिनेमाको बारेमा हलमै लागेपछि थाहा हुने बताए । चलचित्रमा कलाकार दयाहाङ राई ‘भान्टा’ नामक पात्रको भूमिकामा देखिदैछन् । एक प्रतिष्ठित व्यक्ति बन्न चाहँदाचाहँदै पनि बाध्यताबश ‘भान्टा’ ‘लोफर’ बनेको बिषयलाई सिनेमाले देखाउन खोजेको छ । चलचित्रमा कमलमणि नेपाल, सुशिलराज पाण्डे, कमल कृष्ण पौडेल, धु्रव कोइराला, अमित श्रेष्ठ, सरोज बखुरेलको साथमा नव कलाकारहरु सागर लम्साल र अनुपम शर्माको पनि अभिनय छ ।

यो चलचित्रमा सोनाल कृष्ण सापकोटा, आदित्य बिक्रम लम्साल र बाबु प्रधानले संगीत भरेका छन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य, मदनकाश्यप घिमिरेको छायांकन, तारा थापाको सम्पादन छ । छविराज ओझाले आफू केही परिवर्तन हुँदै मल्टिप्लेक्सका दर्शकका लागि सिनेमा निर्माण गरेको बताए ।aaryan-rajnai-dayahang

lofar-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment