Comments Add Comment

अनुष्काले गरिन् विराटलाई चुम्बन, हिरोइन र क्रिकेटर बिच के पाक्दै छ ?

बलिउडमा नायक र नायिकाको प्रेम सम्बन्धको खबर त कुनै नौलो होइन । तर बेला बेलामा क्रिकेटर र नायिका बिच हुने प्रेम सम्बन्धको खबरले पनि बजार नतताएको भने होइन । यही बिचमा पछिल्लो समय नायिका अनुष्का शर्मा र चर्चित यूवा क्रिकेटर विराट कोहोली बिचको सम्बन्धले बजार तताएको छ ।anuska-and-birat-koholiकेही समय अघि विराट र अनुष्कालाई सँगै भेटिएको खबर सार्वजनिक भएको थियो । हालै मात्र एक चर्चित भारतीय पत्रिकाले विराटले केही समय नायिका शर्माको घरमा समय बिताएको खबर सार्वजनिक गरेर हंगामा मच्चाइदिएको छ ।

साउथ अफि्रकामा आयोजना हुन लागेको क्रिकेट खेलमा सहभागी हुनको लागि विराट त्यता लागेका छन् । तर त्यस भन्दा अघि विराटले अनुष्कासँग केही समय बिताएका थिए । अनुष्काको फ्ल्याटमा पुगेका कोहोली केही समय त्यही बसेका थिए ।

यसपश्चात फ्ल्याटबाट कोहोली आफ्नो कारतर्फ बढ्दै गर्दा अुनष्काले उनलाई मिठो चुम्बन दिएर बिदाई गरेकी थिइन् । कोहोली र अनुष्का मिठो पल बिताउन पाएर निक्कै खुशी देखिएका थिए । पत्रिकाले लेखेको छ, साउथ अफि्रका जानु अघि विराटले अनुष्कासँग यादगर पल बिताएका थिए । एक विज्ञापनमा सँगै अभिनय गरेपछि यो दुइको सम्बन्धमा खिचडी पाकिरहेको छ । यही समयमा अनुष्का र विराटले केही समय सँगै बिताएपछि अझ यसले चर्चा पाउने बाटो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment