Comments Add Comment

ईआईएफ बैठकमा वाणिज्य मन्त्रीको सम्बोधन, एलडिसीको हितमा काम गर्न आग्रह

 २१ मंसिर, इण्डोनेशिया (बाली) । विश्व व्यापार संगठन अन्तर्गत अति कम विकसित मुलुकहरुको व्यापार क्षमता विकासका लागि सञ्चालित विस्तारित एकिकृत संरचना -ईआईएफ) को बैठक सम्पन्न भएको छ । विश्व व्यापार संगठनको नवौं मन्त्रिस्तरीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफ्नो प्रतिवद्धता र बचनबाट पछि नहट्न दाता मुलुकहरुलाई आग्रह गर्नुभयो । अति कम विकसित मुलुकहरु -एलडीसी) को संयोजक रहेका कोइरालाले ईआईएफको कार्यक्रम अति कम विकसित मुलुकको आवश्यकता र माग अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

एलडीसीहरुले आफ्ना चासो र समस्याका विषयमा सशक्त आवाज उठाउनुपर्ने खाँचो औंल्याउँदै मन्त्री कोइरालाले सन् २०१५ सम्मका लागि सञ्चालित ईआईएफले पुनः निरन्तरता पाउनुपर्ने माग गर्नुभयो । उहाँको भनाई थियो, हामीहरुलाई स्वामित्व ग्रहण गर्ने वातावरण बनाइदिनुस् ।

Balli-sammelan

बैठकमा एलडीसीका व्यापार तथा वाणिज्य मन्त्रीहरुले भाग लिएका थिए । उनीहरुले एलडीसीलाई कसरी आफ्नो हितमा उपयोग गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।

डब्लुटीओका उपनिर्देशक युनोभ फेडिक आगाले एलडीसीको चासोलाई डब्लुटीओले ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । बैठकमा उपस्थित दाता राष्ट्रका प्रतिनिधिहरुले आगामी दिनमा एलडीसीको आवश्यकता बुझेर अघि बढ्ने बताए । बैठकमा नेपाल, म्यान्म्ाार, यमन, मलावी, युगाण्डा, कोमोरोस, दक्षिण अपि|mकन रिपब्लिक र सियरालियोन लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

ईआईएफले अहिले नेपालमा पस्मिनाको बजारीकरण र विस्तारको लागि २० करोड सहयोग गरेको छ । यसअघि यसले नेपाल व्यापार एकिकृत रणनीतिलाई सहयोग गरेको थियो । जस अन्तर्गत पहिलो चरणमा क्षमता विकास र दोस्रो चरणमा निर्यातयोग्य वस्तुको विकासका लागि सहायता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment