Comments Add Comment

वैदेशिक रोजगार विभागका निर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनालीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले निर्देशक मैनाली र कम्प्युटर अपरेटर पप्पुकुमार साहविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । कागजातहरुमा दोहोरो अर्थ लाग्ने गलत विवरण लेखेर सम्वन्धित व्यक्ति र कम्पनीहरुलाई दुःख दिई आर्थिक लाभ लिने मनसायका साथ सरकारी कागजातमा व्यहोरा थपघट गरी गलत विवरण लेखी श्रम स्वीकृति प्रदान गरी भ्रष्टाचार निवारण ऐनको दफा ९ द्वारा परिभाषिक कसुर गरेको अख्तियारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment