Comments Add Comment

पाँच महिनादेखि मलेसियामा आठ नेपाली कामदार बन्धक

२ पुस काठमाडौं । रोजगारको शलिसिलामा मलेसिया पुगेका आठ जना नेपाली कामदार ५ महिनादेखि बन्दक बन्धक अवस्थामा रहेको भन्दै तत्काल नेपाल झिकाउन पीडितका आफन्तले बैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् ।

ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.बाट गएका १५ कामदारमध्ये ८ जनालाई मलेसियाको अध्यागमनमै बन्धक बनाइए पनि म्यानपावर कम्पनीले सम्झौता अनुसार नेपाल फिर्ता गर्न नमानेको भन्दै उक्त कम्पनीलाई कारवाहीको जाडदार माग गर्दै विभागमा उजुरी दिएका हुन् । उनीहरुलाई ट्रष्ट नेपाल ओभरसिजले गत असार २२ गते मलेसिया पठाएको थियो ।

मलेसियाको अध्यागमनमा बन्धक रहनेहरुमा प्रकाश बस्नेत, धर्मराज खड्का, अभिचन्द्र लिम्बू, तिलकराम गिरी, बीबीहाङ लिम्बू, कृष्णबहादुर कनुवार,केशबराज श्रेष्ठ र मोहन पुरी मलेसियाको अध्यागमनमा ६ महिनादेखि बन्धक रहेको प्रकाश बस्नेतकी श्रीमति सीमा बस्नेतले जानकारी दिनुभयो ।

सीमा बस्नेतले विभागमा हालेको उजुरीमा ट्रष्ट नेपालले नेपाल सरकारसमक्ष गरेको सम्झौताको पालना नगरेको भन्दै बैदेशिक रोजगार ऐन २०६४को परिच्छेद ९ को दफा ४७ र ५५ बमोजिम उक्त म्यानपावरलाई कारवाहीको माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment