Comments Add Comment

कांग्रेसले संविधानसभा सचिवालयका पदाधिकारीसँग छलफल गर्ने

१० पुस, काठमाडौं । नेपाली कांग्रेसको संविधान निर्माण सम्बन्धी सुझाव समितिले संविधानसभा कार्यविधि र नियमावलीबारे संविधानसभा सचिवालयका पदाधिकारीसँग छलफल गर्ने छ ।

नरहरि अचार्यको संयोजकत्वमा गठित समितिको बुधबार बसेको बैठकले संविधानसभा सचिवालयका पदाधिकारी, कर्मचारी र अन्यविज्ञहरुसँग प्रारम्भिक छलफल गर्ने निर्णय गरेको हो । एक वर्षभित्र संविधान जारी गर्न संविधानसभा कार्यविधि र नियमावलीमा के कस्तो व्यवस्था गर्नुपर्छ भनेर बुझ्न छलफल गर्न लागिएको हो’ समितिका सहसंयोजक नविन्द्रराज जोशीले अनलाइनखबरसँग भन्नुभयो । संविधानसभा सचिवालयका पदाधिकारीहरुसँग छलफलको व्यवस्था मिलाउने जिम्मा जोशीलाई नै दिइएको छ ।

समितिले एक महिनाभित्र प्रतिवेदन तयार गरी कांग्रेस केन्द्रीय कार्यसमितिलाई बुझाउने बताएको छ । समितिमा फरमूल्लाह मंसुर, भीष्मराज आङ्दम्वे, पार्वताडी.सी. चौधरी सदस्य रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment