डेढ दशकदेखि लोक गायनमा सक्रिय रहेका गायक विरही कार्कीले आफ्नो एकल साँझ फागुन २९ मा गर्ने भएका छन् । उनको आवाजमा समावेश करिब एक दर्जन गीतहरुका साथ उनले आगामी फागुन २९ मा एकल साँझ गर्न लागेका हुन् ।
एकल साँझको उद्घोषसँगै गायक विरही कार्कीले चेपाङ जातिको सहयोगार्थ आफूले कार्यक्रम गर्न लागेको प्रष्ट पारेका थिए । कार्यक्रममा बोल्दै गायक कार्कीले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिँदै सबैलाई समाजसेवा गर्न आग्रह गरेका थिए ।
‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘विरही कार्की एकल साँझ’ले समाजबाट पिछडिएका एवं उत्पीडित जातिको रुपमा रहेका चेपाङ बस्तीमा शिक्षा, चेतना अभिबृद्धि एवं समाज विकासका लागि केही योगदान पुर्याउने लक्ष्य राखेको छ । सुनखानी म्यूजिकको आयोजनामा हुन लागेको विरही कार्की एकल साँझले हराउँदै गएको मौलिक कला संस्कृतिको क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग मिल्ने बताइएको छ । कार्यक्रम काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
प्रतिक्रिया 4