Comments Add Comment

नन्दिता र गरिमाको साथले फुरुङ्ग निर्माता

चलचित्रको प्रमोशनका लागि कलाकारहरुले साथ नदिदा निर्माताहरु चिन्तित हुन गरेका छन् । कलाकारले साथ नदिएपछि सिनेमाको प्रमोशन पनि सोचे अनुसार हुँदैन । तर पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पराई’का निर्माता गोविन्द शाही भने निक्कै खुशी छन् । चलचित्रका २ नायिका नन्दिता केसी र गरिमा पन्तले उनलाई सोचे अनुसारकै साथ दिइरहेका छन् ।nandita-and-garimaयो चलचित्रसँग दुई नायिकाको करिअर पनि जोडिएको छ । स्वर्गिय शिव रेग्मीले निर्देशन गरेको यो सिनेमा सफल भएको खण्डमा गरिमा र नन्दिताको अस्ताउँदो करिअर पनि उदाउँने छ । यसैले पनि उनीहरुले सिनेमाको लागि आफ्नो समय मज्जैले मिलाएका छन् ।

‘चलचित्रको प्रमोशनमा उहाँहरुले खुलेरै साथ दिनुभएको छ, जसले गर्दा सिनेमाको प्रचार आशा गरे अनुसार नै भएको छ’, गोविन्दले अनलाइनखबरसँग भने । स्वर्गिय रेग्मीले निर्देशन गरेको यो सिनेमा अहिले दर्शकका लागि पनि प्रतिक्षारत छ । चलचित्रमा निरज बराल पनि नायकको रुपमा छन् । तर सिनेमाको प्रमोशनमा निरज भने देखिएका छैनन् । तर पनि दुई नायिकाको साथले निर्माता समेत रहेका कलाकार शाही फुरुङ्ग देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment