+
+
Shares

संखुवासभामा ४ हजार बढी कुखुराको चल्ला नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभामा बर्ड फ्लू सङ्क्रमित मोरङबाट ल्याइएका ४ हजार १ सयभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ।
  • बर्ड फ्लू रोग नियन्त्रण समितिको बैठकले मोरङबाट अनुमति बिना ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो।
  • कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण फैलिएको छ र स्वास्थ्य जोखिमलाई ध्यानमा राखिएको छ।

३० चैत, संखुवासभा । संखुवासभामा ४ हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ ।

बर्ड फ्लू सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका ४ हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको प्रहरीले जनाएको छ ।

बर्डफ्लू प्रभावित क्षेत्रबाट भित्र्याइएका कुखुरका चल्लाहरू नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण फैलिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार ४ हजार १ सय चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

बर्ड फ्लू रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकरी घाङरी लामाको संयोजकत्वमा बसेको बैठकले बर्ड फ्लू सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका ४ हजारभन्दा बढी बोइलर कुखुराका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो ।

अनुमति बिना प्रतिबन्धित क्षेत्र मोरङबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख पोख्रेलले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?