+
+
Shares

केकीको अभिनय र पहिरनको तारिफले रंगियो ‘बितेका पल’ प्रिमियर(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १५ गते ११:३८

आम चलचित्रकर्मी तथा पत्रकारहरुको लागि नेपाली सिनेमाको प्रिमियर अनौठो र नौलो बन्दै गइरहेको छ । कुनै सिनेमाको प्रिमियर चलचित्र क्षेत्रका व्यक्तिहरुका लागि चाडपर्व आए जस्तो बन्ने गरेको छ । प्रदर्शन अगावै सिनेमा देखाउँदा आउने विभिन्न खालका समिक्षाका कारण निर्माताहरु प्रिमियर गर्न डराउँदै गएका छन् ।keki-benisha-and-reemaतर सिनेमा प्रति पूर्ण रुपमा आत्मविश्वास भएको खण्डमा डराउनु पर्दैन भन्ने कुरालाई प्रमाणित गर्न खोजे निर्माता राजेश घतानीले । सिनेमा प्रदर्शन हुनुभन्दा करिब २ साता अघि नै उनले बनाएको चलचित्र ‘बितेका पल’को भव्य प्रिमियर काठमाण्डौमा गरिएको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो सिनेमाको काठमाण्डौको बीग सिनेमामा भव्य प्रिमियर गरिएको हो । प्रिमियरमा नेपाली सिनेमाका नायक, नायिका, पत्रकार, चलचित्रकर्मी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिती थियो ।

सिनेमा हेर्न आएका अधिकांश अतिथीहरुले नायिका केकी अधिकारीको पहिरनको चर्चा गरेका थिए । उनले नेपाली ढाकाको गाउन लगाएकी थिइन् । पहिरन डिजाइनर निलिमा शर्माले तयार पारेको गाउनमा केकी निक्कै आकर्षक देखिएकी थिइन् । उनलाई मिडियाको अघि तस्बिर खिचाउन भ्याई नभ्याई नै देखियो ।keki-adhikariयस्तै सिनेमा हेरिसकेपछि उनको अभिनयको तारिफ पनि सबैले खुलेर गरेका थिए । ‘बितेका पल’ हेर्न पुगेका एकिकृत नेकपा माओवादीका नेता बर्षमान पुनले महिला पात्रको सशक्त अभिनय रहेको भन्दै सबैलाई सिनेमा हेर्न आग्रह गरेका थिए । चलचित्रमा केकी अधिकारीले निर्वाहा गरेको भूमिका र उनको अभिनय तारिफ योग्य देखिएको छ ।

चलचित्रको प्रिमियरमा सहभागी हुनकै लागि नव कलाकार अभिनाश गुरुङ दार्जलिङबाट नेपाल आएका थिए । यस्तै नायक बाबु बोगटीको भूमिकालाई पनि सबैले खुलेरै प्रशंसा गरे । पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको बिषयमा सकारात्मक प्रतिक्रिया सुनिएको छ । लामो समय पछि एउटा उत्कृष्ट सिनेमा बनेको चलचित्रकर्मीहरुले जनाएका छन् ।keki-and-rajesh-ghatani

keki-babau-and-avinash

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?