Comments Add Comment

काबेलीले हकप्रद शेयर वितरण गर्ने

१७ पुस, काठमाडौं । धनकुटामा प्रधान कार्यालय रहेको काबेली विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रति शेयर सय रुपैयाँ अंकित दरको ८० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद माघ ५ गतेदेखि ११ गतेसम्म बिक्री खुल्ला गरिने बैंकले जानकारी गराएको छ । बैंकले पुँजी बढाउन हकप्रद शेयर बिक्री गर्न लागको हो । हाल २ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद वितरणपश्चात चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ । बैंकको अधिकृत पुँजी १० करोड, जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment